जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ४ नेतालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
शनिबार जसपा अध्यक्ष महन्थ ठाकुर। नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको नामबाट नेताहरुलाई पत्र प्रेषित गरिएको छ।
सम्बन्धित नेताहरुले यही जेठ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुर पक्षका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि ११ जसपा अध्यक्ष उपेन्द्र यादवले गते ३ दिनको समय दिएर ठाकुर, महतो, शुक्ला र कर्णलाई स्पष्टीकरण सोधेका थिए ।
तोकिएको समयमा स्पष्टीकरण नआएको भन्दै आगामी २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन भन्दै निर्देशन दिइएको छ । म्याद भित्र चित्त बुझो र सन्तोष जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन र जनता समाजवादी पार्टीको अन्तरिम विधान बमोजिम पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिइएको छ।
११ गते नै ठाकुरले पनि उपेन्द्र यादव र उनी पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेका थिए ।