बुद्ध बनेको नाटक गर्दै छन् पतिहरू
उता हिट्लर बनिसकिन श्रीमतीहरू।।
अब त घट्लान् भन्यो कहिल्यै घटेनन्
झन् बढनथाले तिम्रा यादका गतिहरू।।
घडाबाट पसिना आउन्जेल काम गर्छौ
तर बा,किन देखिदैनन हाम्रा प्रगतिहरू ?
सम्झीन लायक केही त छोडेर जानुस्
पछि के सम्झेर गर्व गर्लान् सन्ततिहरू ?
एक छिन मानिलिनुस् म शिव शंकर हु
अब त हेरिदेउन् मलाइ हे पार्वतीहरू ।