• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०७, २०८२ | Tuesday 20th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
  • २३ घण्टा अगाडि

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
  • २३ घण्टा अगाडि

लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ
  • २३ घण्टा अगाडि

कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
  • २३ घण्टा अगाडि

सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए
  • १ दिन अगाडि

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
  • १ दिन अगाडि

देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
  • १ दिन अगाडि

बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
  • २ दिन अगाडि

सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ
  • २ दिन अगाडि

माननीयलाई खुल्ला पत्र,मानवता हराएका तपाईँ !

  •  हरिस अवस्थी
  • सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्री सम्पूर्ण माननीय ज्यू हरू मा नमस्कार ! आज एउटा अनाथ नेपाली नागरिकको हैसियतले तपाइहरू सम्पूर्ण लाई सम्झिँदै जानी नजानी एउटा पत्र लेख्ने प्रयत्न गरेको छु। समय भएछ भने हेर्ने र पढ्ने कोसिस गरिदिनु हुनेछ भन्ने झिनो आसा बोकेको छु। हुन त तपाइहरूलाई हस्ताक्षर सङ्कलन गरी मन्त्रीमण्डल बनाउने विघटन गर्ने र लामो लस्कर बनाई संसद पुनर्स्थापनाका निम्ति सर्वोच्चमा रिट हाल्ने चपेटामा व्यस्त हुनुहुन्छ होला तै पनि यो मनलाई शान्त पार्नका निमित्त पत्र लेख्ने निधो गरे।

    मलाई झलझली याद आइरहेको छ यति बेला तपाईँलाई जिताउनका निम्ति तपाई र हामी चुनावको बेला घाम पानी नभनी सम्पूर्ण जनमास मेरो हो भनेर धनी गरिब वृद्ध महिला युवा असहाय परिवारको घर-घर घुमेको र तपाईँका झुठाँ आश्वासनको भारी बोकेर उकाली चढेको अनि ओराली भरेका दिनहरूको ।

    सायद हजुरका त्यी झुठाँ आश्वासनको भारी बोकेको पाप आज म लगायत हामी सम्पूर्ण नेपाली जनताले भोगिरहेका छौ ! सचेत नागरिक हु भन्ने दावा गर्ने म तपाई लाई जिताएर सभासद् बनाएर आज सचेत नागरिक नभएको प्रमाणित भएको अनुभव पनि गरेको छु ! आज तपाईँलाई पैसाको खाँचो छ , कुर्सीको खाँचो छ । म लगायत हामी सम्पूर्ण नेपाली नागरिक अनाथ बनेका छौ तपाई हाम्रो रगतको पसिनाको पोखरीमा पौडी खेल्दै रमाइरहनु भएको छ, विद्यालयमा शिक्षक कुटाउन अस्पतालमा डाक्टर कुटाउन बलात्कारी बचाउन कार्यकर्ता तयार पार्दै हुनुहुन्छ।

    लेख्दै गर्दा र सम्झिदा हात कापिरहेका छन आशु झरिरहेका छन मन जलिरहेको छ सडकमा सदनमा जताततै तपाइहरूकै चर्चा चलिरहेको छ । तपाइहरू कोही पनि कम हुनुहुन्न किनभने हाम्रो प्रत्येक शरीरका नसा नसा भएर बगेको रगतको पसिना पिउँदै पौडी खेल्नमा सबै उत्तिकै सिपालु हुनु हुन्छ, सबै सिंह नै सिंह हुनुहुन्छ र त तपाईहरु गर्जिरहनु भएको छ भने हामी दर्शक बनेर हेरिरहेका छौ ।

    विश्व कोभिड -१९ को महामारीको चपेटामा परिरहँदा तपाइहरू पैसा र कुर्सीको मोह मै विलीन हुनुहुन्छ भने म लगायत म जस्तै सम्पूर्ण अनाथ भएका नेपाली जनता एक छाक गाँस नपाई घरमा अस्पतालमा आफन्तले एक सास अक्सिजन सम्म नपाएर ज्यान त्यागेको टुलुटुलु हेर्न बाध्य बनेका छौ ।

    तपाई बिरामी हुनुभयो भने त हेलिकप्टर तयार छन, अस्पतालमा बेडहरू खाली राखिएका छन तपाई ढुक्क हुनुहुन्छ रत तपाईँलाई सडकमा सदनमा भिड गर्न निषेधाज्ञाको अवज्ञा गर्न कुनै मनाही छैन । लकडाउन , निषेधाज्ञा वा सिल छ त म र म जस्तै दैनिक ज्यालादारी गरी आफ्नो साझको छाक टार्ने गरिब असाय अनाथ मानिएका नेपाली नागरिलाई मात्र छ ।

    उफ् , मलाई लाग्ने गर्थ्यो यदि यस पृथ्वीमा मानव भएर पाइला टेक्यो भने उसमा दया माया ममता र सद्भाव भएन भने त्यो पूर्ण मानव हुन सक्दैन त्यो मात्र मैले आफूलाई र केही मजस्तै व्यक्तिलाई नियालेर गरेको अनुभूति रहेछ आखिर तपाइहरू जस्ता निर्दयी पनि त मानव जातीमै पर्दा रहेछन् ।

    संसारका सम्पूर्ण मानवताजी यस्तो महामारीको बेलामा सबै एकजुट भएर महामारी विरुद्ध लडिरहँदा एउटा मात्र मेरो देश नेपाल हो जहाँ हामीले नै छानेर देश विकास र यस्तै अवस्थाका निम्ति अभिभावकको भूमिका निर्वाह गर्नुहोला भन्ने उद्देश्यले छानेर अमूल्य समय र भोट दिई पठाएका तपाइहरू हाम्रो मृत्युको रमिता हेरेर रमाउँदै आफना स्वार्थका निम्ति साँढे जुधाई को खेल खेलिरहनु भएको छ ।

    विश्वमा सबै भन्दा सुन्दर देशमा जन्मन पाएको मा गर्भले छाती फुलाउने व्यक्ति आज म तपाईँको चर्तिकला कै कारण आफूलाई धिक्कार गरिरहेको छु र यदि ईश्वर छौ भने मलाई अर्को जन्ममा भुलेर पनि मेरो देश नेपाल जस्तै शासन व्यवस्था भएको देशमा जन्म कहिल्यै लिन नपरोस् भनेर प्रार्थना गरिरहेको छु ।

    यी मेरा अबोध आँखाले मेरा सम्पूर्ण आफन्त हरू बाबुआमा , दाजुभाइ , दिदीबहिनी नजिकको मित्र ले सास फेर्न नपाएर छटपटिएर प्राण त्यागेको टुलुटुलु हेर्न र आँसु झार्न बाहेक केही सकेका छैनन् । अन्त्यमा हाम्रो मृत्युमा तपाई रमाइरहनुहोस् साढे जुधाइको खेलमा जित हासिल गर्नुहोस् विरोध गर्नुहोस् समर्थन गर्नुहोस् मानवता हराएका तपाईँका पुच्छरहरू लाई विरोध र समर्थनका नारा लगाउन लगाउनुहोस् भएन भने फेसबुककै वालमा भएपनि भर्न लगाउनु होस धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

    अब मलाई पनि थाहा छैन म कुन बेला सम्म सास फेर्न बाट रोकिने छु किनकि बिरामी परे भने अस्पताल जान सक्ने न म सँग पैसा छ नत मेरो उपचारका गरिदिने मेरो सरकार छ । हामी सबै मरेर परलोक भए पनि तपाइहरू सबैलाई मेरो शुभकामना छ तपाइहरू कसैको हार नहोस् जित भइरहोस् हाम्रो मृत्युमा तपाई रमाई रहनपाइरहनुहोस तर एक न एक दिन भने यदि कुनै शक्ति छ र विज्ञान को न्युटनको चालसम्बन्धी तेस्रो नियम अनुसार हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भने झैँ यी हाम्रा आशुका भेलको श्राप भने एक दिन अवश्य लाग्नेछ। हरिस अवस्थी,घोडाघोडी ०१ सुखड कैलाली

    • खुल्ला पत्र
    • मानवता
    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो
    गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन
    कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति
    • भर्खरै
    • चर्चित
    • १.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • २.
      गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन मूल समारोह समिति गठन

    • ३.
      लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

    • ४.
      कञ्चनपुरको एक पसलमा आगलागी ; अन्दाजी ६ लाख बराबरको क्षति

    • ५.
      सुदूरपश्चिमको बाजुरा र कञ्चनपुरमा दुई जना मृत भेटिए

    • ६.
      एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

    • ७.
      देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

    • ८.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ९.
      सुदूरपश्चिमम प्रदेश सरकारमा चौधरीले लिए वनमन्त्रीको शपथ

    • १०.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • १.
      सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव भेटियो

    • २.
      लागूऔषधसहित कञ्चनपुरबाट ४ जना पक्राउ

    • ३.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ४.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • ५.
      गोदावरीमा भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु

    • ६.
      कञ्चनुरको कृष्णपुरमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

    • ७.
      सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार

    • ८.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ९.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • १०.
      दोदोधरा अस्पतालमा सर्प दंशको निःशुल्क उपचार

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.