• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

कोरोना त्रासकै बिच भारत जानेहरुको लर्काे

  •  संवाददाता
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली जोशीपुर गाउँपालीका ७ का पदम राज अवस्थी काधंमा झोला बोक्दै गौरीफन्टा नाकामा लाईनमा उभीरहेका थिए । बाँया काधंमा एक हातले झोला समात्दै लाईनमा उभिएका उनी भारत जान हतार हतारमा थिए । हामीले उनलाई सोध्यौँ अहिले कोरोना माहामारी चलिरहेको छ । निषेधाज्ञा छ, भारतमा कोरोना सँक्रमण बढीरहेको छ, मृत्युदर बढेको छ । यस्तो अवस्थामा अहिले किन भारत जाँदै हुनुहुन्छ रु उनको एउटै जवाफ थियो, गरीबीका कारण जाँदै छौँ हजुर, खानलाई पुग्दैन यहाँ के गर्ने, उनले भने । हामीले फेरी सोध्यौँ, सरकारले रोजगारीका गुमाएकालाई स्वरोजगार बनाउने भनेको थियो त, केही गरेनन्, उनले फेरी भने, सरकारले रोजगारी दिए त दोस्रा ठाउँ किन जानुपर्ने, दिए त यतै काम गथ्र्यौँ नि, अहिले कोरोनाकै माहामारीकै बिच जानुपर्ने बाध्यता भयो, उनले भने । हो उनी जस्ता कोरोना माहामारीका बेला रोजगार गुमाएर स्वदेश भित्रीएका सुदुरपश्चिमेली पुनः भारत जानेहरुको भनाई हो यो ।

    अहिले गौरीफन्टानामा भारतबाट आउने भन्दा सुदुरपश्चिमबाट भारत जानेको सँख्या बढेको छ । यस्तै अहिले पदम राज अवस्थी मात्रै हैनन् उनीजस्ता दैनिक सयौँ संख्यामा सुदुरपश्चिमेलीहरु पुनः कामका लागी भारत जानका गौरीफन्टा सिमानाकामा लाईन उभिएका छन् । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ७ का चन्द्र बहादुर बिष्ट सहित उनकी श्रीमती पनी सिमानाकामा प्रहरीको चेकीङको लाईनमा थिईन् । प्रहरीले साध्यो किन भारत जाँदै हुनुहुन्छ। यतै काम गरेर हुँदैन् । उनको जवाफ थियो । आफ्नै देशमा काम गर्ने रहर किन हुँदैन र काम नपाएको र समस्याले नै भारतमा जान लागेको उनीहरुले भने । उनीहरु पुनः भारतीय सुरक्षाकर्मी चेकीङको लाईनमा लागेका थिए । हामीले साध्यौँ अहिले यती छिट्टै किन भारत जादैँ हुनुहुन्छ, उनी उनीहरुले भने, बाध्यता भएर नै काम खोज्दै भारत जानलागेको । घरमा लाउनखान, बालबच्चालाई पढाउन र घरको रिण तिर्न भारत जान लागेको हुँ उनले भने । यस्तै भनाई उनीहरुको मात्रै हैन् रोजगार गुमाएर स्वदेश भित्रीइ एका पुनः भारत जान लागेका सुदुरपश्चिमेलीहरुको भनाई पनी यही छ ।

    कोरोना भाइरसको दोस्रो लहर चलिरहेकै बेला स्वदेश भित्रीएका सुदुरपश्चिमेलीहरु पुनः कामको लागी भारत जान थालेका छन् । भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमण र मृत्युदर बढ्न थालेपछि स्वदेश भित्रीएका सुदुरपश्चिमेलीहरु निषेधाज्ञाकै बिच पुनः भारत जान लागेका हुन् । भारतमा गएका नेपालीहरु रोजगारी गुमाएर स्वदेश फर्किएका थिए । अहिले उनीहरु सिमानाका गौरीफन्टा नाका भएर दैनिक सयौंको संख्यामा भारत गइरहेका छन् । भारतमा कोरोना संक्रमणको जोखीम र मृत्युदर बढ्दै गइरहेको अवस्थामा पनी निषेधाज्ञाको कुनै प्रवाह नगरी भारतका बिभिन्न शहरहरुमा उनीहरु कामका लागी जान बाध्य बनेका छन् । बर्खेबाली लगाउने समय र घरको काम छोड्दै लालनपालनकै समस्याले बिदेशिन बाध्य भएका हुन् ।

    भारत जानु भन्दा स्वदेशमै केही गर्ने सोच उनीहरुको छ । त्यस्का लागी सरकारले केही नगरेको उनीहरुको भनाई छ । तर अहिले गौरीफन्टा नाका भएर स्वदेश भित्रीनेभन्दा बाहिरीने नेपालीको सँख्या बढेको छ । चैत देखी जेठ महिनाको हालसम्म ५३ हजार ३ जना बढी गौरीफन्टा नाका भएर स्वदेश भित्रीएकोमा यही अवधीसम्म १८ हजार ७ सय ७२ जना भन्दा बढी पुनः भारत गएका छन् । प्रहरी चौकी पत्रकडीया कञचनपुर र त्रिनगरनाका हेल्थ डेक्सका अनुसार सो संख्यामा नेपालीहरु गौरीफन्टानाका भएर आवत जावत भैसकेको जनाएका छन् । त्रिनगरनाका हेल्थ डेक्सका इन्र्चाज गणेश बम साउँदका अनुसार चैत महिनामा ९ हजार ९० जना, बैसाखमा ३ हजार ९ सय ९३ जना र जेठको हालसम्म ५ हजार ६ सय ८९ जना गरी १८ हजार ७ सय ७२ जना भारत गएका छन् । अहिले दैनिक ५ सय भन्दा बढी भारतमा गएको बताउँदै आउने नेपाली भन्दा जाने संख्या बढेको उनले जानकारी दिए ।

    • कोरोना त्रास
    • भारत जानेहरु
    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.