एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् ।
यसअघि प्रदेश अध्यक्ष कर्ण थापा र राजेन्द्र रावललाई दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले नै शाहलाई स्पष्टीकरण सोधेका थिए ।
आइतबार बिहान शाहले स्पष्टीकरणको जवाफ पठाएका छन् । शाहले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई मेल मार्फत स्पष्टीकरण पठाएका थिए । मेलमा स्पष्टीकरण प्राप्त भए लगत्तै अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई उक्त स्पष्टीकरण पठाइएको प्रदेश सचिव रावलले बताए ।
शाहले पहिलो पटक एमाले प्रदेश कमिटीलाई र दोस्रो पटक केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् ।
शाहले पठाएको जवाफ चित्तबुझ्दो नभए पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिने रावलले जानकारी दिए ।