गजल
त्यो गाउँलाई समयले सहर बनाइदियो
गाउँलेबाट सहरियाको नजर बनाइदियो
त्यो खोलाले धार फेरि रहन्छ सधैँ
खेत खेत रहेन बगर बनाइदियो
गाइने सारङ्गी र मादल कथा बन्दै छ
आधुनिकताले अस्तित्व नै जर्जर बनाइदियो
अचम्म मान्नु पर्दैन यो सब देखेर अचम्म
साइँलो बिदेसियो खेत बन्जर बनाइदियो
ऊ पनि मुख मोडेर गयो ऊ पनि
खै कसले उसलाई पनि पत्थर बनाइदियो
भिमराज अम्मै
घोडाघोडी नगरपालिका १० पहलमानपुर