• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • २० घण्टा अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • २ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • २ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • २ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • २ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • २ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • २ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • ३ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ४ दिन अगाडि

Advertisement

व्यवसाय कसरी उठाउने  ?

  •  संवाददाता
  • मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश राजधानी धनगढीस्थित साथी होटलले पाँच तारे स्तरको बनाउन ५० करोड बढीको लगानी बढाउने तयारी गरिरहेकै बेला अघिल्लो वर्ष कोरोना महामारीले लकडाउन भयो ।

    त्यसयता यथास्थितिमै पनि होटल सञ्चालन हुन सकेको छैन । होटलका निर्देशक प्रकाश विष्टले लकडाउनले होटल यथास्थितिमा पनि सञ्चालन हुन नसक्दा तत्काललाई स्तरवृद्धिका लागि लगानी रोक्नुपरेको बताए । ‘लगानीका लागि बैंक लोन प्रक्रिया अन्तिम चरणमा थियो,’ उनले भने, ‘पाँच तारेका लागि केही भौतिक संरचना निर्माण भइरहेको थियो । लकडाउनले यथास्थितिमा स्थगन गर्नुपरेको छ ।’ उनका अनुसार पहिलो लकडाउन सुरु भएको ०७६ चैत १० बाटै होटल बन्द भएपछि कर्मचारी र कामदारले बेतलबी बिदा बस्नुपरेको छ ।

    धनगढीकै अर्को ठूलो लगानीका साथ स्थापित रुबस होटल पनि बन्द छ । स्विमिङ पुल थपेर पाँचतारे होटलको फुली लगाउने प्रक्रियामा अघि बढेको होटल रुबस कोरोना कालमा बन्द गर्नुपरेको होटलका प्रबन्ध निर्देशक प्रकाश भट्टले बताए । उनका अनुसार गत वर्ष चैत ६ गतेदेखि बन्द रहेको होटल कोरोना महामारी कम भएपछि मंसिरदेखि चैतसम्म सञ्चालनमा आएको बताए । ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि पुनः बन्द भएको छ,’ भट्टले भने, ‘पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै ३०र४० करोडको लगानी थपेर पाँचतारेका लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको थियो । यही बीचमा होटलको विकासका लागि सुरु गरिएको योजना कोरोना महामारीले चौपट्ट बनायो ।’

    उनका अनुसार ६० जना होटलका कर्मचारीमध्ये अहिले सरसफाइ, सुरक्षागार्ड, एकाउन्ट शाखाका केही कर्मचारीबाहेक सबैलाई बेतलबी बिदामा बस्न लगाइएको छ । उनले बैंकको ब्याज पनि तिर्न गाह्रो भएको बताए । महामारी नियन्त्रण भएर पुनः सामान्य अवस्थामा आएपछि पनि तुरुन्तै होटल व्यवसाय माथि उठ्न नसक्ने बताए । सुदूरपश्चिममा होटल व्यवसायमा ठूलो लगानी भइरहेको बेला विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले ठूलो धक्का पुगाएको हो । पछिल्लो एक दशकदेखि सुदूरपश्चिमको प्रमुख सहर धनगढी, पर्यटन नगरी टीकापुर, राजमार्ग आसपासको क्षेत्र र पहाडी जिल्लामा समेत होटलमा करोडौंको लागनी बढिरहेको थियो । डेढ दशकअघिसम्म पनि सुदूरपश्चिममा ठूलो कार्यक्रम, सेमिनार, गोष्ठीका लागि पनि होटल थिएन ।

    सुदूरपश्चिमका कार्यक्रम नेपालगन्जमा हुन्थे । २०६२र०६३ को आन्दोलनयता सुदूरपश्चिममा आर्थिक गतिविधि बढ्यो । सँगसँगै धनगढीको गेटा विमानस्थल कालोपत्रे भयो । यसपछि सुदूरपश्चिम नियमित रुपमा देशको राजधानी काठमाडौंसँंग जोडियो । हवाई सेवाको सुगमताले सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि होटल व्यवसायमा लगानी बढेको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भने । ‘सुदूरपश्चिम भर्जिन पर्यटन उद्योगको रूपमा फस्टाउन सक्थ्यो,’ बोगटीले भने, ‘चमेलिया जलविद्युत्, रानीजमरा, पश्चिम सेती र पञ्चेश्वरलगायतका केही ठूला योजनाको निर्माणको काम पनि अघि बढ्ने सम्भावनाले पहाडदेखि तराईका जिल्लामा स्तरीय होटल बन्न लागेका हुन् ।’

    उनले कोरोना महामारीले होटल, पर्यटन, यातायात क्षेत्र ज्यादा मारमा परेका भए पनि अन्य सवै क्षेत्र उद्योग व्यवसाय प्रभावित भएको बताए । ‘सरकारले एक समिति गठन गरेर कुन क्षेत्रमा कति असर परेको छ, अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘अध्ययन प्रतिवेदनअनुसार सरकारी कार्यक्रम तथा राहत कार्यक्रम दिनुपर्छ ।’ उनले निजी क्षेत्रलाई माथि नउठाउँदासम्म देशको समृद्धि नहुने बताए ।

    होटल फ्लोराका सञ्चालक तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पकुमार कुँवरले कोरोना महामारीले होटल, पर्यटन र यातायात व्यवसाय सबैभन्दा बढी मारमा परेको बताए । उनले पनि आफ्नो होटलले रनिङ खर्चसमेत उठाउन नसकेको बताए । होटलमा कार्यरत कर्मचारीहरूको तलब बैंकको ऋणले खुवाउनुपरेको बताए ।

    होटल व्यवसायी संघका अध्यक्ष कलम बमका अनुसार कैलालीभरमा साना–ठला होटल रेस्टुरेन्ट गरी २ हजार ५ सय छन् । जसमध्ये करोडभन्दा बढी लगानी भएका होटल तथा रेस्टुरेन्टकै संख्या धनगढी, टीकापुर र राजमार्ग क्षेत्रमा गरी १ सयभन्दा बढी छ । पर्यटकीय सुविधायुक्त तारे होटलको संख्या तीन दर्जनभन्दा बढी रहेको उनले बताए । ‘कोरोना महामारीले साना ठूला सबै होटल रेस्टुरेन्ट व्यवसायी थला परेका छन्,’ अध्यक्ष बमले भने, ‘लकडाउन खुल्यो भने पनि तुरुन्तै ‘रिकभर’ हुन गाह्रो छ ।’

    उनले लकडाउन खुल्नेबित्तिकै पूर्ववत् अवस्थामा मान्छेहरूको घुमफिर सुरु नहुने भएकाले तुरुन्तै होटल व्यवसाय ‘रिकभर’ हुन नसक्ने बताएका हुन् । उनका अनुसार कैलाली जिल्लामा मात्रै होटल व्यवसायमा १० अर्बभन्दा बढी लगानी भएको बताए । साभार : कान्तिपुर/मोहन बुढाऐर 

    • १० अर्ब लगानी
    • व्यवसाय
    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    • भर्खरै
    • चर्चित
    • १.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • २.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ३.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ४.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ५.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ६.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      कैलालीमा एक पुरुष मृत फेला

    • ९.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • १०.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ८.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.