• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, असार १०, २०८२ | Tuesday 24th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने
  • २ दिन अगाडि

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • ४ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • ४ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • ४ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ५ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • २ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • २ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • २ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

एसएसबीको सधैं अवरोध

  •  संवाददाता
  • मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरका नारायण अधिकारीले सीमा क्षेत्रको केही जमिनमा बेसार लगाएका छन् । गत जेठ २२ गते आफ्नै जमिनमा घाँस लगाउन खनजोत गरिरहेका थिए ।

    त्यही बेला भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को टोली आएर दशगजामा खेतीपाती लगाउन नदिने भन्दै अवरोध गर्‍यो । एसएसबी टोली र अधिकारीबीच भनाभन नै चल्यो ।

    अधिकारी परिवारले २०२४ देखि खेतीपाती गर्दै आएको जमिन यतिबेला एसएसबीले दशगजामा पर्ने भन्दै खनजोत गर्न अवरोध गरिरहेको छ । ‘हामीसँग जग्गाको पुर्जा छ, दशगजाभन्दा वरै खेतीपाती गरिरहेका छौं,’ अधिकारीले भने, ‘बरु भारततर्फ दशगजा पुरै मासेर खेतीपाती गरिएको छ ।’ उनका अनुसार एसएसबीले दुई वर्षदेखि खेतीपाती गर्ने बेला विवाद गरिरहेको छ । गत वर्ष एसएसबीले विवाद गर्दा दुवैतर्फका सुरक्षा निकायबीच संयुक्त सर्भे टोली नआउँदासम्म जे जस्तो छ, त्यस्तै अवस्थामा रहन दिने सहमति भएको थियो । यस पटक एसएसबीले फेरि खनजोतमा अवरोध गरिरहेको छ ।

    एसएसबीले दुई वर्षअघि अधिकारीका छिमेकी लक्ष्मण पुनको जमिन खनजोतमा पनि रोक लगाएको थियो । केही वर्ष बाँझो छाडेको जमिनमा खेतीपाती लगाउन खोज्दा रोकेको अधिकारी बताउँछन् । ‘एसएसबीले पालैपालो सीमा क्षेत्रमा दुःख दिँदै आएको छ,’ उनले भने, ‘पहिले छिमेकीको जमिन छुटाए, अहिले मेरो जमिनमा आउन थालेका छन् ।’ उक्त क्षेत्रमा दुवैतर्फ दशगजा छुट्याउन नाली बनाइएको छ । नेपालतर्फ नाली वरै खेती गरिएको छ भने भारततर्फ नालीसमेत खनेर सीमासम्मै खेती गरिएको अधिकारी बताउँछन् ।

    ‘आफ्नोतर्फ सीमासम्मै खेती गरेको देख्दैनन्,’ अधिकारीले भने, ‘हामीलाई दशगजाभन्दा २०र२५ मिटर वरसम्म छाड्न भन्छन् ।’ उक्त क्षेत्रमा ७९६रबीपी १७ नम्बरको सीमा स्तम्भ छ । सीमा स्तम्भका विषयमा कुनै विवाद नरहेको सशस्त्र प्रहरीको ३५ नं.गणले जनाएको छ ।

    दशगजामा खनजोत गरेको एसएसबीले दाबी गरे पनि तत्काल यथास्थितिमै रहन दिने मोटामोटी समझदारी भएको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–८ को पचुईमा हुलाकी सडक निर्माणमा पनि एसएसबीले अवरोध गरेको छ । पछिल्लो पटक पनि एसएसबीको टोली नै आएर निर्माण कार्यमा अवरोध पुर्‍याएको हो । सहायक पिलरका प्वाइन्टहरू हुलाकी सडकमै पर्ने भन्दै अवरोध गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । करिब १२ मिटर सडक दशगजामा पर्ने एसएसबीको दाबी छ । तर उक्त क्षेत्रमा रहेको ७७८र१ नम्बरको सीमास्तम्भ र सडकभन्दा ४०/५० मिटर दक्षिण पश्चिमतिर रहेको छ ।

    पछिल्लो पटक एसएसबीले स्ट्रिप नक्साका आधारमा सीमास्तम्भभन्दा नेपली भूभागतर्फसमेत दाबी गरिरहेको छ । गत वर्ष बेलौरी–१० को भुडा क्षेत्रमा संयुक्त सर्भे टोलीले नापी गर्दा लालपुर्जा भएको जमिन भारततर्फ पर्ने देखिएको थियो । त्यसपछि स्थानीयको विरोधका कारण सर्भेको काम स्थगित भएको थियो । गत साता प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरेन्द्र ऐर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदी लगायतको सुरक्षा निकायको टोलीले सुन्दरनगर र पचुइँ क्षेत्रको अनुगमन गरेको थियो ।

    ‘सुन्दरनगरमा तत्काल विवाद गर्नुभन्दा जे जस्तो अवस्थामा छ, त्यस्तै रहन दिने समझदारी भएको छ,’ प्रजिअ महतोले भने, ‘दशगजाको विषयमा विवाद देखिएको हो, संयुक्त सर्भे टोली आएपछि सबै समाधान हुन्छ भन्ने छ ।’ उनले पचुई क्षेत्रका विषयमा तल्लोस्तरबाट समस्या समाधान हुन नसक्ने देखिएको बताए । यसका लागि प्रतिवेदन बनाएर केन्द्रमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

    पचुई क्षेत्रमा एसएसबीले सुरुवातदेखि नै सडक निर्माणमा अवरोध गरिरहेको हो । हुलाकी सडक निर्माण कम्पनीले यही बहानामा अन्य क्षेत्रको काम पनि गरेको छैन । २०७३ मा सम्झौता भई थप गरिएको समय जेठसम्म पनि ७ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरमा १२९ दशमलव ५ किलोमिटर सीमा भारतसंँग जोडिएको छ । दक्षिणी क्षेत्र पुनर्वासको प्यारातालदेखि कारगिल डाँडा, आपताल, पचुई, भुडा, झिलमिला, सुन्दरनगर र ब्रह्मदेवसमेत गरी एक दर्जन बढी क्षेत्रमा सीमा विवाद छ । पछिल्लो पटक स्ट्रिप नक्साका कारण धेरै ठाउँमा विवाद देखिएको छ । उक्त नक्सा पुनरावलोकन गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

    • अवरोध
    • एसएसबी
    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • २.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ५.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ६.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ७.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ८.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ९.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • १०.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • ५.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.