• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम एमालेकै सांसदले गरे बजेट संशोधनको माग

  •  संवाददाता
  • बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशसभा सदस्यहरुले तीव्र असन्तुष्टि जनाएका छन् । सोमबारदेखि प्रदेशसभामा बजेटमाथि चलिरहेको छलफलमा भाग लिइरहेका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मनोमानी रुपमा योजना बाँडिएको भन्दै चर्को विरोध गरेका छन् ।

    बजेटको विरोध गर्नेमा प्रतिपक्षभन्दा सत्तापक्ष नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु अगाडि देखिएका छन् । मंगलबार छलफलमा भाग लिएका सत्तापक्षका सांसदहरुले बजेट प्रदेशबासीको हितमा नरहेको भन्दै संशोधनको माग गरेका छन् । पूर्वसामाजिक विकासमन्त्री समेत रहेका एमालेका प्रदेशसभा सदस्य कृष्णराज सुवेदीले जनताको माग र आवश्यकताका आधारमा नभएर विचौलियासँगको सेटिङमा पारिएका योजना हटाएर कार्यक्रम पुस्तिका सुधार गर्नुपर्ने माग गरे ।

    ‘म सत्तापक्षको सांसद भएको नाताले यो बजेट पास त गरौंला केही छैन तर मैले एउटा कुरा दुःखका साथ भन्नुपर्छ बजेट प्रदेशबासीको हितमा छैन,’ सुवेदीले भने, ‘केही साथीहरुको भनाइमा सरकारले विचौलियाहरुसँगको सेटिङमा हालेका योजना हटाउनुपर्छ, सानातिना योजना संशोधन गरेर सुधार गर्नुपर्छ ।’ सुवेदीले आफूले दिएका योजना नपरेको तर आफ्नो निर्वाचन क्षेत्रमा मनपरी रुपमा योजना वितरण गरेको पाएको भन्दै मुख्यमन्त्री र मन्त्रीहरु वडा, पालिका र क्षेत्र विशेषमा सीमित रहनु दुःखद भएको बताए ।

    एमालेका अर्का प्रदेशसभा सदस्य बलबहादुर सोडारीले पनि सत्तापक्षको सांसद भएका कारण बजेटको समर्थन गरे पनि प्रदेशसभामा असन्तुष्टि जनाएका छन् । ‘सरकारले बजेटमा धेरै राम्रा कुरा समेटेको छ । यसमा मेरो पूर्ण समर्थन छ,’ सोडारीले भने, ‘मैले आफैंले दिएका कतिपय योजना समावेश गरिएका छैनन् । तर मेरै क्षेत्रमा अरुमार्फत योजना हालिएका छन् । झ्यालबाट योजना हाल्ने काम भयो । त्यो झ्यालमा को बसेको छ रु झ्याललाई बन्द गर्नुपर्छ ।’

    एमालेकै अर्का प्रदेशसभा सदस्य कुलवीर चौधरीले पनि सरकारले आफ्नो क्षेत्रमा विगतको तुलनामा बजेट कटौती गरेको भन्दै धन्यवाद दिए । ‘मेरो क्षेत्रमा योजना धेरै परेका छन् । पहिलो वर्ष २ लाखदेखि ७० लाख सम्मका योजना परे, दोस्रो वर्षमा २ लाख देखि ६० लाख सम्मका योजना परे । अहिले १ लाख देखि ५० लाखसम्मका योजना परेका छन्,’ चौधरीले भने, ‘यस अर्थमा प्रदेश सरकारलाई धेरैधेरै धन्यवाद छ । बजेट र योजनामा तलमाथि गरेकोमा खुशी छु ।’

    चौधरीले आर्थिक मामिला तथा योजनामन्त्रीले योजना झ्यालबाट हालेकाले रातो किताब मोटो हुन पुगेको बताए । सत्तापक्षकै अर्की प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले बजेटमा विचौलियाको राज भएको भन्दै सबै माननीय मिलेर कारवाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने बताइन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले भने सरकारले ल्याएको बजेट वैधानिक नरहेको जिकिर गरेका छन् । प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सरकारले असंवैधानिक तरिकाले ल्याएको बजेटले प्रदेशबासीको हित नगर्ने बताए । ‘सरकारले जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम पेश गर्नुपर्ने व्यवस्था छ । तर अध्यादेशमार्फत त्यो व्यवस्थालाई संशोधन गरियो । संसद चलेपछि उक्त अध्यादेश प्रदेशसभामा पेश गर्नुपर्थ्यो त्यो भएन,’ खड्काले भने ‘त्यसकारण अहिलेको बजेट र प्रक्रिया नै गलत छ । यो बजेटले सबै माननीयको आत्मसम्मानमा चोट पुगाएको छ । पास गर्ने विषयमा सोच्नैपर्ने देखिन्छ ।’

    उनले विचौलिया बसेर बनाइएको बजेट प्रदेशबासीको हितमा नभएकाले जस्ताको त्यस्तै पास गरेमा आफूहरु कुपात्रको रुपमा कहलिने बताए ।

    कांग्रेसका प्रमुख सचेतक समेत रहेका प्रदेशसभा सदस्य गोविन्द बोहराले सरकारले नीति र कार्यक्रमको उद्देश्यअनुरुप बजेट ल्याउन नसकेको बताए । प्रदेशसभामा प्रतिपक्षी दलभन्दा सत्तापक्षका प्रदेशसभा सदस्य आफ्नो उपेक्षा गरेर मनपरी ढंगले बजेट वितरण गरेको भन्दै सरकारप्रति आक्रामक बनेका छन् । हालै आन्तरिक मामिला तथा कानून मन्त्रीबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रकाशबहादुर शाह आफ्नै सांसदबाट बजेट संशोधनको माग उठेपछि अप्ठ्यारोमा परेका छन् ।

    • बजेट बहस
    • संशोधनको माग
    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.