• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ५ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

संस्कारसहितको शिक्षाका लागि सबैले गरौँ पहल !

  •  दीपकराज जोशी
  • बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आफूलाई अब्बल बनाउने सोच राख्नु मानवीय स्वभाव नै हो । आफ्नो उन्नति र प्रगति चाहनु प्राकृतिक नियम नै हो । तर किन हामी सबैले चाहेको, सोचेको प्राप्त हुँदैन त ? यसको बाधक के हो रु कसरी हटाउने हो ? यस सम्बन्धमा मेरो आफ्नै भोगाइ छ । म पहिलो पटक कक्षा ११ को पढाइका लागि काठमाडौँ आएपछि घरका चार जना एउटा कोठामा कोचिएर बस्दाको कष्टकर जीवन अहिले पनि सम्झन्छु ।

    प्रत्येक दिन बिहान ट्वाइलेटको लागि कुरेर लाइनमा बस्दाको पीडाले सारै नै पिरोल्ने गर्दथ्यो । शायद त्यो पीडाले मलाई सङ्घर्ष गर्न सिकायो र अग्रज दाइको निरन्तर सल्लाह, सुझाव र निगरानीले जीवनलाई सही मार्गमा अघि बढ्न प्रेरित गर्‍यो । त्यो पीडादायी जीवनले काठमाडौँमा आफ्नै घर बनाउने सपना देखेँ र त्यो पूरा पनि भयो । हरेक मानिसका विभिन्न सपना र चाहना हुन्छन् तर किन पूरा हुँदैनन् त ? मुख्यतः कुनै पनि समाज, राष्ट्र परिवर्तनका लागि दुई वटा महत्त्वपूर्ण आधार रहने गर्दछ, शैक्षिक र राजनीतिक ।

    व्यक्तिको सोच, आचरण, प्रगति, समुन्नतिको आधार स्तम्भ शैक्षिक गुणस्तरीयताले मापन गर्दछ भने कानुनी राज्यको निर्माण गरी विभिन्न पद्धतिको विकास गरी आम मानिसमा राष्ट्र र राष्ट्रियताप्रति सम्मान जगेर्ना गरी सबैलाई एकजुट गराउने काम राजनीतिले गर्दछ । अभिभावकले शिक्षक शिक्षिकासँग मेरो बाबु र नानी बिहान उठ्न मान्दैन भन्दिनु, गाली गर्दिनु भनेर अनुरोध गरेको पाइन्छ । हामीले एक पटक सोचौँ त, हामी कति परनिर्भर भइराखेका छौँ ।

    आफ्ना बालबालिकालाई बिहान सबेरै उठाउने बानीको विकास पनि आफैँले गराउन सक्दैनौँ र ! सम्पूर्ण नीतिको माउनीति नै राजनीति हो र यसले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने गर्दछ । हाल नेपालको शिक्षा क्षेत्र पनि यसको चपेटामा परेको छ ।

    हाल शिक्षा क्षेत्रमा रहेका ‘स्टेक होल्डरहरू’ को सोच 

    अभिभावककै कुरा गरौँ । अधिकांश अभिभावक गुणस्तरीय शिक्षा, सामाजिक मूल्यमान्यता दिने कार्य शैक्षिक संस्थाको हो भन्ने ठान्नुहुन्छ । घर बालबालिकाको पहिलो पाठशाला हो भन्ने कुरा हामी सबैले पढे–सुनेकै कुरा हो तर यसलाई हामीहरूले कत्तिको आत्मसात् गरेका छौँ ? विद्यार्थीका स–साना विषयवस्तु पनि शैक्षिक संस्थामा आबद्ध व्यक्तिहरूले समाधान गरिदिउन् भन्ने धेरै अभिभावकको चाहना हुन्छ । म यहाँ सामान्य विषयवस्तुहरू राख्न चाहन्छु । अभिभावकले शिक्षक शिक्षिकासँग मेरो बाबु र नानी बिहान उठ्न मान्दैन भन्दिनु, गाली गर्दिनु भनेर अनुरोध गरेको पाइन्छ ।

    हामीले एक पटक सोचौँ त, हामी कति परनिर्भर भइराखेका छौँ । आफ्ना बालबालिकालाई बिहान सबेरै उठाउने बानीको विकास पनि आफैँले गराउन सक्दैनौँ र ! अधिकांश अभिभावकको अर्को एउटा गुनासो हुन्छ, ‘मेरो बाबु नानी जतिखेर पनि मोबाइल,ट्याब,आइप्याड,ल्यापटप र टिभीमा व्यस्त हुन्छ, सम्झाइदिनुस् न सर’ भनेर आग्रह गरेको पाइन्छ । यो आग्रह विद्यालयमा मात्र होइन कतै बाटो, भोज-भतेरमा शिक्षक शिक्षिकाहरूलाई भेट्नुभयो भने पनि भन्न बाँकी राख्नु हुन्न ।

    कसरी गर्ने त समस्या समाधान ?

    त्यसो भए यो सब किन भइराखेको छ त ? अभिभावकहरू जसरी आफू हुर्किनुभएको थियो त्यसै गरी अहिलेको पिँडीलाई हुर्काउन खोज्नुहुन्छ । त्यो अब सम्भव छैन भने अर्कोतिर हामी आफैँले बालबालिकाको बानी बिगारिदिएका छौँ ।

    बिहान सबेरै उठ्ने कुरामा नै हेरौँ न, हामीले हाम्रा बालबालिकालाई समयमै सुत्न र उठ्न सिकायौँ त एक पटक सोधौँ आफैँलाई । शनिबार विदा त हो नि ढिलोसम्म सुत्दा के फरक पर्छ र भन्ने हामी आफैँ हौँ । त्यति मात्र होइन बालबालिका हामीले भनेको होइन, हामीले जे गर्छौँ त्यसको सिको गर्दछन् । त्यसैले हामीले बालबालिकाहरूले ग्याजेटमा धेरै समय नबिताओस् भन्ने चाहन्छौँ भने आफूहरूले पनि त्यसमा कम समय बिताउनुपर्‍यो ।

    हामी नै ठिक समयमा सुत्ने, उठ्ने गर्दैनौँ भने बालबालिकाको के कुरा ? बालबालिकाले पढोस् भन्ने चाहनुहुन्छ भने आफूहरूले पनि घरमा पुस्तक पढ्ने बानी बसाल्नुपर्छ । प्रत्येक मानिसको आचरण बानी बसाल्न कम्तीमा पनि २१ दिन लाग्दछ तर हामी एक हप्ता पनि निरन्तरता दिन सक्दैनौँ । तसर्थ अभिभावकहरू आफूले हिजो जे सिक्नुभयो, जसरी सिक्नुभयो शायद आजको परिवेशमा त्यो कत्तिको समयसापेक्ष छ हामीले एक पटक नियाल्नु आवश्यक छ ।

    सूचना तथा सञ्चार प्रविधिमा जति छिटो परिवर्तन आएको छ त्यसको प्रभाव सबैभन्दा बढी नयाँ पिँडीमा परेको छ । विद्यालयले पनि अभिभावकहरूलाई निरन्तर रूपमा अभिभावक शिक्षा कार्यक्रमहरू राख्नुपर्दछ । अभिभावकहरू स्वयंले आफूले आफैँलाई ‘अपडेट’ गर्नुपर्दछ । बालबालिकाको लागि हामी अभिभावकको जीवनशैली, आनी–बानी सिकाइको एउटा ठुलो स्रोत हो । हामी आफू किताब पढ्न मन गर्दैनौँ तर बाबु–नानीहरूलाई जतिखेर पनि पढ्नुपर्दछ भन्ने गर्छौँ । हामीले बाबु नानीहरूको शासक भएर होइन कि साथी भएर सँगसँगै काम गर्ने बानी बसालौँ ।

    शिक्षामा के गर्ने त ?

    कुनै पनि देशलाई विकास र समृद्धिको बाटोतिर लैजाने हो भने सर्वप्रथम शिक्षामा परिवर्तन ल्याउनुपर्छ । सर्वप्रथम शिक्षण पेसामा लागेका शिक्षक–शिक्षिकाहरूले आफ्नो पेसाप्रति गर्व गर्नुपर्दछ । प्रायः जसो सुन्ने गरिन्छ कि समाजले शिक्षाको सम्मान गरेन तर हामी शिक्षाकर्मीले पनि आफ्नो पेसालाई सम्मान गरेका छौँ त रु यो क्षेत्रलाईर यो पेसालाई सम्मानित बनाउने काम मुख्यतः हाम्रै होइन र ? कुनै पनि पेसा सम्मानित बन्नुको पछाडि स्वयं त्यसमा आबद्ध पेसाकर्मीहरूको ‘प्रोफेसनालिजम्’ को हात हुन्छ ।

    शिक्षाकर्मीहरू समाजको सबैभन्दा बढी विवेकशील र समाजलाई सही बाटोतिर डोर्‍याउन सक्ने व्यक्ति हुन् । तर, हामी हाम्रो बौद्धिकता प्रयोग गर्नु सट्टा अरूप्रति आशा र भरोसा गरिरहेका छौँ । समाज परिवर्तनका लागि नेतृत्व शिक्षाकर्मीले लिनुपर्दछ र गुणस्तरीय शिक्षाका लागि प्रत्येकले पहलकदमी लिनु नितान्त आवश्यक छ । हाल शिक्षाको गुणस्तरीयता कायम गर्न अरूलाई होचो देखाएर, अरूको खुट्टा काटेर सबैलाई बराबर बनाउने प्रयास गर्दछौँ जुन दुर्भाग्य हो ।                                                                                                                                                                                                  केही वर्ग, पेसाकर्मीका छोराछोरी पढ्ने विद्यालय स्थापना गर्ने कार्य भइराखेको छ । संस्कार सहितको गुणस्तरीय शिक्षा पाउने अधिकार सबै तप्काका बालबालिकालाई छैन र ! जबसम्म संस्कार सहितको शिक्षा सिद्धान्तमा होइन कि व्यवहारमा दिन सकिँदैन तबसम्म जतिसुकै राजनीतिक परिवर्तन आए पनि तात्त्विक रूपमा हाम्रो जीवनमा परिवर्तन आउन सक्दैन । किनकि नयाँ पुस्ता पनि आफ्नो स्वविवेक र निष्ठामा खरो उत्रिन सक्दैन । बालबालिकाको पहिलो पाठशाला आफ्नो घर र पहिलो गुरु–गुरुआमा आफ्नो बुबा–आमा भएकोले प्रत्येक घरघरमा सचेतना आउनु आवश्यक छ ।

    साना बालबालिकाको मस्तिष्कमा आमाबुवा तथा अन्य घरका सदस्यहरूले जे रोप्छौँ फल त्यसको नै आउँछ । नासपती रोपेर स्याउको आशा गर्नुको कुनै तुक छैन । एक पटक हामीले सोचौँ त साना बालबालिकाको मस्तिष्कमा भूतको तस्बिर हामीले बनाएका हैनौँ र नत्र कसले देखेको छ त भूत ? देख्नेले पनि आफ्नै मस्तिष्कले बनाएको भूतको तस्बिर देखेका हौँ वास्तविकतामा होइन । हामी सबैले आ–आफ्नो तह र तप्काबाट हाम्रा शिक्षाकर्मीको सम्मान गरौँ । संस्कार सहितको शिक्षाका लागि जे गर्न सकिन्छ, जस्तो गर्न सकिन्छ उठौँ, जागौँ, लेखौँ, बोलौँ र गरौँ । एक पटक प्रण गरौँ बेथितिका विरुद्ध बोल्छु र सकारात्मक अभियानलाई सम्मान गरी सहयोग गर्दछु भनेर । -काठमाडौँबाट रतन बहादुर बुढाको समन्वयमा

    • समस्या समाधान
    • संस्कारसहितको शिक्षा
    बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.