कैलालीको गौरीगंगा नगरपालिकाले आर्थीक वर्ष २०७८/०७९ का लागी ७९ करोड बढीको बजेट ल्याएको छ । बिहिवार दशौ नगर सभाबाट नगरपालिकाले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाका नगर उप–प्रमुख अञ्चला चौधरीले आर्थिक वर्ष २०७८/०७९ का लागी कुल ७९ करोड ७० लाख १६ हजारको बजेट पेश गरिन् । कृषि , पर्यटन र पुर्वाधार, समृद्ध गौरीगंगाको आधार भन्ने नाराका साथ गौरीगंगा नगरपालिकाको दशौँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो।
नगरपालिकाले संघिय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट रु. १६ करोड ७३ लाख, सशर्त अनुदानबाट रु. २१ करोड ८० लाख, संघिय समपुरक अनुदानबाट रु ४३ लाख, संघिय विशेष अनुदानबाट रु ७५ लाख, मुल्या अभिवृद्धिकर शुल्क रु ११ करोड ९९ लाख ३१ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट १करोड १० लाख, सवारी साधन करबाट रु ७३ लाख ५१ हजार, वन रोयल्टिबाट रु ३५ लाख राखेको छ ।
यसैगरी प्रदेश सरकारबाट बाँडफाँड हुने वित्तिय समानीकरण अनुदान रु. १ करोड २३ लाख १७ हजार, प्रदेश सरकार समपुरक अनुदानबाट रु १ करोड २ लाख ७० हजार, प्रदेश सरकार विशेष अनुदानबाट रु २५ लाख, सामाजिक सुरक्षा कार्यक्रम अनुदानबाट १५ करोड, आन्तरिक आम्दानीबाट रु ८ करोड ३० लाख ४७ हजार ,प्राप्त हुने गरि बजेट अनुमान गरिएको छ ।