• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

निजी प्रालीलाई सुदूरपश्चिम सरकारले दियो ५ करोड अनुदान

  •  संवाददाता
  • शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिलाई ५ करोड अनुदान दिने भएको छ। कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका–१० पहलवानपुरस्थित यो फार्मको नाम प्रदेशको बजेटसहित हालै जारी रातो किताबमै उल्लेख गरी अनुदान दिन लागिएको हो।

    कोल्ड स्टोर निर्माण गर्न अनुदान दिन लागेको जनाइएको छ। यद्यपि, झन्डै ४ हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर गत फागुन २७ गतेदेखि सञ्चालनमा छ। यो फार्म २०७२ सालदेखि सञ्चालन भएको हो। यसका सञ्चालक १ सय १ जना छन्। झन्डै १७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको कोल्ड स्टोरका लागि प्रदेश सरकारले रकम विनियोजन गरेको हो। यसमा सो क्षेत्रका अधिकांश समाजसेवी, व्यापारी, राजनीतिकर्मी र पेशाकर्मी सञ्चालक छन्।

    यसको नेतृत्व पहलवान सिंह मेमोरियल माविका शिक्षक रामबहादुर रावतले गर्दै आएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि भीम बडुवालका अनुसार मोहन्याल सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेका रावतकै नेतृत्वमा कोल्ड स्टोर निर्माण भएको हो।

    रावत अध्यक्ष रहेको उक्त सहकारी देशकै उत्कृष्ट सहकारीका रूपमा सम्मानित भएको थियो। सहकारीको सफल व्यवस्थापनपछि रावतले उक्त प्रालिका नामबाट गाईपालन गरेका थिए। ‘क्रिएटिभ काम गर्ने शिक्षक रावतले ठूलो गाई फार्म सञ्चालन गरेका थिए’, नेता बडुवालले भने, ‘भौतिक संरचना अझै रहे पनि गाईपालनमा सफल नभएपछि कोल्ड स्टोर निर्माण सुरु गरिएको हो।’ बडुवालले किसानका उत्पादन भण्डारण गर्ने सुदूरपश्चिमकै ठूलो कोल्ड स्टोर निर्माण भएको बताए।

    फार्मका सदस्यसचिव खड्क रावतका अनुसार संस्थाले नेपाल बंगलादेश बैंकबाट ११ करोड रुपैयाँ ऋण लिएको छ। रिज्म नामक एक गैरसरकारी संस्थाले ९ महिनामा कोल्ड स्टोर निर्माण सम्पन्न गर्ने गरी ३ करोड रुपैयाँ लगानी गरेपछि कोल्ड स्टोर निर्माणको काम सुुरु भएको थियो।

    फार्मले नौ महिनामा २ करोड १२ लाख रुपैयाँबराबरको काम मात्रै सम्पन्न गरेपछि कोल्ड स्टोर अलपत्र परेको थियो। सदस्यसचिव रावतले संस्थापक सेयर सदस्य प्रतिव्यक्ति १ लाख, अन्य सदस्य प्रतिव्यक्ति ५१ हजार र न्यूनतम ५० हजार रुपैयाँको सेयर सञ्चालकलाई दिइएको बताए। उनका अनुसार फार्मले प्रांगारिक मल कारखानासमेत सुरु गरेको छ।

    भारतबाट आउने सामान समयमा नआउँदा निर्माण कार्यमा ढिलाइ भएको रावतले बताए। ‘सामान नै नपाइने, पाएको सामानसमेत गत वर्षको लकडाउनमा भन्सारमै पाँच महिना थन्किएपछि समयमा सकिएन’, रावतले भने, ‘समग्र किसानका उत्पादनलाई लक्षित गरी निर्माण गरिएको कोल्ड स्टोर निर्माणका लागि हामीले व्यापारीसँग नगद र सामान उधारोमा ल्याएका छौं।’
    सो क्षेत्रका प्रदेश सांसद अमर साउदको पूर्वाधार विकास कार्यक्रमबाट ५ लाख रकम पाए पनि राज्यले यसअघि कुनै अनुदान नदिएको सदस्यसचिव रावतले बताए। ‘२०७४ सालदेखि नै मुख्यमन्त्री, विभागीय मन्त्री, सांसद, संसदीय समितिहरूसँग पटक–पटक छलफल चलाउँदै आएका थियौं’, उनले भने, ‘यस वर्ष प्रदेश सरकारले रातो किताबमै ५ करोड अनुदान दिने भनेको छ। यसले हामीलाई केही राहत हुनेछ।’

    घोडाघोडी र गौरीगंगा नगरपालिकाका किसानलाई लाभ पुग्ने गरी फार्म सञ्चालनमा गरिएको उनले बताए।  फार्मका अध्यक्ष रामबहादुर रावतले रिज्मको अनुदानबाट सुरु गरिएको कोल्ड स्टोर निर्माणको डिजाइन, स्टिमेट, लागत समय फरक परेका कारण कोल्ड स्टोरमा ठूलो लगानी लागेको बताए।

    उनका अनुसार ९ करोड ३८ लाख लागतमा सम्पन्न हुने कोल्डस्टोर निर्माणसम्पन्न हुन १७ करोड लागेको छ। फर्मलाई कृषि ज्ञान केन्द्र कैलालीले पनि सहयोग गर्दै आएको छ। गत वर्ष ९ लाख १५ हजार रुपैयाँ भौतिक संरचना निर्माणका लागि सहयोग गरेको थियो। गत वर्ष नै घोडाघोडी नगरपालिकाले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष रावतले बताए।
    ‘सुुरुवातमा थोरै पिलरसहित निर्माण गरेर ९ करोड ३८ लाखमा सम्पन्न हुन्छ भनिएको थियो’, अध्यक्ष रावतले भने, ‘२ शय ६४ वटा पिलर ४० फिट गहिराइमा गाडेर निर्माण गर्दा, भन्सारमा सामान थन्किएपछि हाम्रो लागत बढेको हो।’

    शिक्षक रहेका रावतले कोल्ड स्टोर सञ्चालनका लागि दुई वर्षदेखि विद्यालयबाट बेतलबी बिदा लिएका छन्। उनको बेतलबी बिदा यही असार २० गते सकिँदै छ।  घोडाघोडी र गौरीगंगा नगरपालिका एक घरः एक सदस्य रहने गरी उक्त फर्मलाई पब्लिक कम्पनी बनाउने निर्णय भएको अध्यक्ष रावतले बताए।

    • ५ करोड अनुदान
    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.