धनगढी,२५ असार – कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडीले धम्की आएको दाबी गर्दै सञ्जाल (ट्विटर)बाट भिडियो सार्बजनिक गरेका छन् । भेडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस।
कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गर्दै जङ्गलमा लुक्न बाध्य भएको बताउदै भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।
भिडियोमा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् । धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका छन् ।
दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् ।
अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेको भनिएको जोडी २१ दिनपछि घर फर्किएको छ। घर पुगेपछि मालतीलाई उनका आफन्तले फिर्ता लगेका छन्।
घटना बारे बुझ्न् इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदले प्रकाश बिस्वकर्मा लाई कार्यालयमा बोलाइएका थिए ।
प्रहरी निरीक्षक साउदले भने,´घट्ना बारे बुझ्न बोलाएको थिए, केटिलाइ फिर्ता लग्दा प्रकाशलाई अलिकती चोट लागेको रहेछ, अवस्था सामान्य छ,युवती र उनका आफन्त सम्पर्कमा आएका छैनन्। उनिहरु जङ्गलमा बसेको भनिएको गलत हो,´उनले थपे,´२१ दिन सम्म बुटवल बसेका रहेछन्,युवकको उमेर पनि १९ बर्षमात्रै रहेछ,महिलाको उमेर बुझ्दै छौ।´
कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।