• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

तीन वर्षका विवेकको हत्याको रहस्य खोतल्दै प्रहरी !

  •  संवाददाता
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर।पूर्वतर्फको घर हत्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका विवेकको हत्या भएको छ।विवेक हत्याको आरोप शकुन्तलामाथि लागेको छ ।

    उनीहरूको घर जाने बाटो एउटै छ।दुवै परिवारबीच छिमेकीको मात्रै होइन, पारिवारिक सम्बन्ध पनि छ।शकुन्तला र विवेकका बाजे दुई भाइ हुन्।उनीहरूको परिवारबीच खासै ठूलो झैझगडा पनि छैन, थिएन ।

    विवेकका बुबा दिलीपलाई दुई परिवारबीच ठूलै झगडा भएको सम्झना छैन।‘त्यस्तो ठूलै झैझगडा छैन, थिएन’, उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै।त्यस्तो कहिलेकाहीं हुन्थ्यो ।’

    दिलीपले आफ्नै घरमा सानो पसल चलाएका छन्।शकुन्तला र उनकी दिदी कहिलेकाहीं पसलमा आउँथे।दिदीले एकदिन दिलीपको पसलबाट पैसा चोरिन्।त्यो दिन दिलीपले शकुन्तलाकी दिदीलाई पिटेका थिए।‘धेरै ठूलो कुटपिट हैन कि, किन बदमासी गरेको भनेर १÷२ झापड हानेको थिएँ’, उनले भने, ‘सम्झाउने ढंगले पिटेको हुँ ।’

    करिब १५ दिनअघि पनि दिलीपले शकुन्तलाकी दिदीलाई पिटेका थिए।विवेकलाई किन रुवाएको भन्दै काका (दिलीप) ले दिदीलाई पिटेको बयान शकुन्तलाले प्रहरीलाई दिएकी छन्।उनले अनाहकमा दिदी पिटिँदा आफू दुःखी भएको बताएको जानकारी प्रहरीले दिएको छ ।

    शकुन्तलाको परिवारले सात वर्षअघि एउटा घटना भोग्नुपरेको थियो।स्रोतका अनुसार उनकी दिदी आफन्तबाटै यौनहिंसामा परेकी थिइन्।यौनहिंसा गर्ने व्यक्ति अहिले जेलमा छन् ।

    त्यो ठाउँमा बिष्टका धेरै घरपरिवार छन्।यौनहिंसाको घटनाले बिष्ट परिवारहरू एकापसमा विभाजित भए।कसैले शकुन्तलाको परिवारलाई अन्याय भएको भन्न थाले भने कसैले काल्पनिक घटना रचेर निर्दोषलाई यौनहिंसाको आरोपमा जेल पठाएको भन्न थाले।शकुन्तलाको परिवारको पक्षमा थोरै देखिए ।

    एक दिन बिष्ट घरपरिवारका अग्रजहरू एक ठाउँमा बसे।उनीहरूले जेजस्तो भए पनि अब आपसमा मिलेर बस्नुपर्ने प्रस्ताव अघि सारे।सबैले अग्रजहरूको प्रस्तावमा समर्थन जनाए।विवेकका बुबा दिलीप पनि सबै मिलेर बस्नुपर्ने पक्षमा उभिए।शकुन्तलाको परिवारलाई दिलीप आफ्नो पक्षमा उभिन्छन् भन्ने लागेको थियो।तर उनले अग्रजहरूकै कुरामा सहमति जनाए।‘सबै दाजुभाइले मिलेर बस्नुपर्छ भनेपछि मैले पनि त्यसमा सहमति जनाएको हुँ’, दिलीपले भने, ‘म समाजभन्दा बाहिर जान सकिनँ ।’

    शकुन्तलाको परिवारले दिलीपलाई आफ्नाविरुद्ध किन गएको भनेर कहिल्यै सोधेनन्।दुई परिवारबीचको सम्बन्ध यथावत् नै रहिरह्यो।एकअर्काको घरमा आउनेजाने भैरह्यो।भान्सामा मिठो मसिनो पाक्दा बाँडेर खाने क्रम पनि रोकिएन।‘उनीहरू आफ्नो काम गर्थे।हामी हाम्रो काम गथ्र्यौं’, दिलीपले भने, ‘हाम्राबीच सम्बन्ध राम्रै थियो ।’

    शकुन्तलाको परिवारमा दिदी र आमाबुबा छन्।उनी स्थानीय खड्ग स्मृति स्कुलमा पढ्िछन्।विवेक घरनजिकैको गणेश बाबा बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्थे।शकुन्तला कहिलेकाहीं विवेकलाई स्कुल छोड्न जान्थिन्।‘सधैं त हैन, कहिलेकाहीं छोड्न गएको थाहा छ’, विवेकका बुबा दिलीपले भने, ‘प्रायः हामी आफैंले पुर्याउने गरेका थियौं ।’ शकुन्तला विवेकलाई माया गर्थिन् । अन्य बालबालिकाका हकमा भने शकुन्तलाको स्वभाव फरक थियो ।

    उनले कहिलेकाहीं अरु बालबालिकालाई पिट्थिन्।केही महिनाअघि उनले एक बालकलाई दाउराले हानेर घाइते बनाएको दिलीपले बताए।उनले विवेकलाई भाइटीका पनि लगाइदिन्थिन्।विवेकको स्वभाव सबैसँग घुलमिल हुने थियो।उनी शकुन्तलासँग पनि उत्तिकै घुलमिल हुन्थे।शकुन्तला विवेकलाई कहिलेकाहीं वरपर घुमाउन पनि लैजान्थिन्।‘गोलु (विवेकको मायाले बोलाउने नाम) सबैको प्यारो थियो’, बाबु दिलीपले भने, ‘शकुन्तलासँग पनि उत्तिकै खुसी हुन्थ्यो।’

    यही असार २१ गते दिलीप र उनका दाजु हेमन्त पसलको काममा व्यस्त थिए।घरका अन्य सदस्यसमेत आआफ्नै काममा व्यस्त थिए।विवेक घरमै खेलिरहेका थिए।उनकी बहिनी (काकाकी छोरी) त्यो दिन सुखड गएकी थिइन्।

    बिहान ११ बजेतिर शकुन्तला र विवेक घरपछाडिको बाटो हुँदै निस्के।उनीहरूले घरबाट झन्डै डेढ सय मिटरको दूरीमा रहेको जामुनको रुखबाट जामुन टिपेर खाए।त्यसपछि उनीहरू जमरा कुलोतर्फ अघि बढे।बाटो सकिएपछि एउटा मोड आउँछ।मोडनजिकै बच्चाहरूको खेल्ने ठाउँ छ।त्यहाँ शकुन्तलाले विवेकलाई पिङ खेलाइन्।स्थानीय एक महिलाले त्यो दृश्य देखेको बताएकी छन्।

    पिङ खेलेपछि शकुन्तला र विवेक जमरा कुलोको छेउ पुगे।प्रहरीसँगको बयानमा शकुन्तलाले भनेकी छन्, ‘खुट्टाको चाँदीको बाला झिकेर बाबुलाई पानीमा धेकेलें।’ उनले विवेकको खुट्टामा रहेको चाँदीको बाला झिक्नुको उद्देश्य घटनालाई अन्यत्र मोड्न रहेको प्रहरीलाई बताएकी छन्।‘सबैलाई बालाका लागि हत्या गरेको भन्ने लाग्ला भनेर मैले त्यसो गरेकी हुँ’, उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘मेरो उद्देश्य बालामात्रै हैन।’

    यो बयानका आधारमा शकुन्तलाले आफूलाई धेरै माया गर्ने र आफूले पनि माया गर्ने भाइ (काकाको छोरा) विवेकलाई पानीमा धेकेलेर किन मारिन् भन्ने प्रश्न उठेको छ।यो घटनाले धेरैलाई तर्साएको छ।विवेकका ठूलोबुबा हेमन्त घटनाका पछाडि कुनै न कुनै रहस्य लुकेको बताउँछन्।उनी शकुन्तलालाई हत्या गर्न उक्साउने अरु कोही हुन सक्ने बताउँछन्।‘यो चाँदीको बालाका लागि मात्रै गरिएको हत्या हैन’, उनले भने, ‘घटनाका पछि कुनै रहस्य लुकेको छ।’

    प्रहरी यही रहस्य पत्ता लगाउने खोजीमा छ।प्रहरीले शकुन्तला र उनकी एक १४ वर्षकी साथीलाई पक्राउ गरेको छ।ती साथीलाई शकुन्तलाले विवेकको खुट्टाबाट झिकेको चाँदीको बाला राख्न दिएकी थिइन्।प्रहरीले उनकी साथीबाट चाँदीको बाला बरामद गरेको छ।

    कैलाली प्रहरीका प्रमुख एसपी विश्व अधिकारी घटनाको सूक्ष्म ढंगले अनुसन्धान भैरहेको बताउँछन्।उनले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा आउने बताए।‘हामीले प्रारम्भिक अनुसन्धानमात्रै सावर्जनिक गरेका हौं’, उनले भने, ‘घटनाको गहिराइसम्म पुग्न अनुसन्धान भैरहेको छ।’  नागरिक दैनिकबाट

    • टीकापुर घटना
    • हत्याको रहस्य
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.