• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ४ महिना अगाडि

डोटीको शहर बजारमा अनलाइन कक्षा सुरु भइसक्दा गाउँमा पढाइ हुन सकेन

  •  संवाददाता
  • सोमबार, असार २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डोटी – कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ।

    शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन। ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा कलेलले बताए। उनले भने, “गाउँमा फोनले समेत खासै काम गर्दैन, अनलाइन कक्षा पढाउने त झनै कुरै भएन, हाम्रा बालबालिकाको भविष्य अन्धकार भयो।”

    यहाँका गाउँघरमा शहर बजारभन्दा बढी विद्यालय भएको र गाउँमा इन्टरनेट नभएका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ।

    लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा रहेका विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका भए पनि गाउँमा रहेका विद्यालयले अहिलेसम्म कुनै पनि वैकल्पिक उपाय अपनाउन सकेका छैनन्।

    कोरोना कहर कायमै रहे विद्यालय नखुलेको खण्डमा यहाँका विद्यार्थी नपढिकनै परीक्षा दिन बाध्य हुने अर्का स्थानीयवासी चक्रबहादुर बोहराले बताए। उनले भने, “कोरोना कहरका कारण शैक्षिक संस्था खुल्न सकेका छैनन्, विद्यार्थीको पढाइ हुन सकेको छैन, यस्तै चलिरहे विद्यार्थीले नपढेरै परीक्षामा समाले हुन अवस्था आउने छ।”

    गाउँका विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ नभएपछि यहाँका स्कूले बालबालिका दिउँसोको समय गोरु गोठालो तथा राति सुत्नेभन्दा अरु कुनै विकल्प नरहेको सामुदायिक विकास मञ्च नामक गैरसरकारी संस्थामा कार्यरत यशोदा मल्लले बताए।

    उनले भने, “गाउँमा न अनलाइन कक्षा शुरु छ, न त विद्यालय खुलेका छन्, बालबालिका त दिनभरि गोरु गोठालो हुनमै व्यस्त छन्, उनीहरुको भविष्य अन्धकार हुँदै गएको छ।” यतिमात्र नभई यहाँका शहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि गाउँघरमा पाठ्यपुस्तक पुग्न सकेका छैनन्।

    बर्सातले बाटो अवरुद्ध भएका कारण गाउँघरमा समयमै पुस्तक ढुवानीका लागि समस्या हुँदै आएको अमरपुस्तक भण्डार दिपायल पिपल्लाका सर्वजीत देउवाले बताए। उनले भने, “शहर बजार क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छौँ, गाउँमा वर्षाले समस्या भएका कारण ढुवानी हुन सकेको छैन, सहज भए चाँडै पु¥याउने छौँ।”

    डोटीको दिपायल, पिपल्ला, राजपुर, सिलगढीलगायतका शहरी क्षेत्रमा वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले बताए।

    कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि गाउँमा कुनै पनि माध्यमबाट पठनपाठन हुुन नसक्दा गाउँघरमा रहेका विद्यार्थीलाई पढाइमा निकै समस्या भएको उनको भनाइ छ।

    शहरी क्षेत्र तथा इन्टरनेटले काम गर्ने क्षेत्रका विद्यालयले यही असार १५ गतेदेखि अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गरेका छन्। यहाँका बजार क्षेत्रका विद्यालयमा अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा धामधम पठनपाठन भइरहेको बताइएको छ। विद्यार्थीको पढाइमा निकै समस्या भएको भन्दै यहाँका गाउँघरमा समेत इन्टरनेटको पहुँच पु¥याउन अभिभावकले माग गरेका छन्।

    रासस

    • अनलाइन कक्षा
    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.