• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

यसरी गर्दैछन् देउवा मन्त्रालय बाँडफाँड !

  •  संवाददाता
  • बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद् विस्तारका लागि आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । देउवानिकट एक नेताका अनुसारका आज यी दुई नेताबीच भेटघाट हुँदैछ, यो भेटघाटमा मन्त्रालयको संख्या बाँडफाँडबारे कुराकानी हुँदैछ ।

    यसअघि सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यही दिन प्रधानमन्त्री पदको सपथ लिएका देउवाले आफूसँग चार जनालाई मात्र मन्त्री पदको सपथ खुवाएका छन् । यी चार जनामध्ये दुई जना गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्र कार्की नेपाली कांग्रेसबाट मन्त्री बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल माओवादी केन्द्रबाट मन्त्री बनेका छन् ।

    केही समयका लागि सानो टिम नै सरकारका रुपमा बनाएर अगाडि बढ्न लागेका देउवाले अर्को साता अब मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

    पाँच दलीय गठबन्धनको आधारमा प्रधानमन्त्री बनेकाले देउवाले आफ्नो क्याबिनेटमा सबै दललाई समावेश गर्ने भएका छन् । यी पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले देउवालाई सरकारमा समर्थन गर्ने भए पनि आफूले मन्त्री पद दाबी नगर्ने जनाइसकेको छ ।

    अर्को दल नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा अहिलेसम्म निर्णित छैन । उसले अबका केही दिनमा नै सरकारमा जाने वा नजाने भन्ने निर्धारण गर्नेछ । एमालेमा पछिल्लो समय देखिएको विवादका कारण पार्टी फुट्न सक्ने अनुमान नेपाल पक्षका नेताहरुको रहेको छ । उनीहरुले पार्टी विभाजन गरेको खण्डमा सरकारमा सहभागिता जनाउन सक्ने सम्भावना पनि छ ।

    बुधबार माधवकुमार नेपाल निवासमा ‘टि मिटिङ’का लागि पुगेका प्रधानमन्त्री देउवाले माधवकुमार नेपाल समूहलाई पनि सरकारमा आउन आह्वान गरेका छन् । नेपालले भने आफूले विश्वासको मत लिए पनि सरकारमा सामेल हुनेबारे अहिले नै नसोचेको बताएका छन् ।

    प्रधानमन्त्री देउवालाई विश्वासको मत लिन २३ जना माधवकुमार नेपाल पक्षका सांसद महत्वपूर्ण हुने भएकाले पनि नेपाल पक्ष सरकारमा आउँदा आफूलाई सहज हुने देउवाको बुझाइ छ ।

    कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४९, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको समर्थन पाएर प्रधानमन्त्री भएका देउवाले अब सांसद संख्याको अनुपातको हिसाबमा नै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेका छन् ।

    यसअघि माओवादी केन्द्रले देउवासँग गृह र अर्थ दुवै मन्त्रालय माग गरेको थियो । तर, देउवाले माओवादी केन्द्रलाई दुईमध्ये एक दिन सकिने भन्दै अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् भने गृह कांग्रेससँगै राखेका छन् ।

    देउवाको पूर्ण क्याबिनेट बनेको खण्डमा यो सरकारमा सबैभन्दा बढी सहभागी पनि नेपाली कांग्रेसको नै हुने भएको छ । देउवानिकट एक नेताका अनुसार देउवाले कांग्रेसलाई ९, माओवादी केन्द्रलाई ७, माधवकुमार नेपाल समूहलाई ५ र जसपालाई ४ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

    देउवालाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ ।

    तर, नेपाल समूह सरकारमा नआएको खण्डमा यसलाई छुट्याएको ५ मन्त्रालयले फेरि कांग्रेस, माओवादी केन्द्र र जसपालाई विभाजन गर्ने देउवाको तयारी रहेको उनीनिकट एक नेताले बताए । यस्तो भएको खण्डमा कांग्रेसले प्रधानमन्त्रीसहित ११ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ ।

    जसपाले आफ्नो पार्टीमा रहेको आन्तरिक किचलो मिलाउनका लागि केही दिनको समय माग गरेको छ । जसपाको विवाद एउटा निष्कर्षमा पुगेपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा उपेन्द्र यादवले सरकारमा जसपाको नेतृत्व गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

    देउवाले अर्को सातासम्म पूर्णरुपमा मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सम्भावना बलियो हुँदै गएको उनीनिकट ती नेताले बताए । ‘अहिले स्वास्थ्यमा निकै ठूलो समस्या छ, कोरोना महामारी छ,’ ती नेताले भने, ‘त्यसैले पनि प्रधानमन्त्रीले छिटो सरकारलाई ‘फंसनल’ बनाउन खोज्दै हुनुहुन्छ, त्यसका लागि मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ ।’

    • मन्त्रालय बाँडफाँड
    • शेर बहादुर देउवा
    बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.