• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ४ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ४ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ४ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • ११ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १२ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १२ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १२ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २३ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २३ घण्टा अगाडि

यसरी गर्दैछन् देउवा मन्त्रालय बाँडफाँड !

  •  संवाददाता
  • बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद् विस्तारका लागि आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । देउवानिकट एक नेताका अनुसारका आज यी दुई नेताबीच भेटघाट हुँदैछ, यो भेटघाटमा मन्त्रालयको संख्या बाँडफाँडबारे कुराकानी हुँदैछ ।

    यसअघि सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यही दिन प्रधानमन्त्री पदको सपथ लिएका देउवाले आफूसँग चार जनालाई मात्र मन्त्री पदको सपथ खुवाएका छन् । यी चार जनामध्ये दुई जना गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्र कार्की नेपाली कांग्रेसबाट मन्त्री बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल माओवादी केन्द्रबाट मन्त्री बनेका छन् ।

    केही समयका लागि सानो टिम नै सरकारका रुपमा बनाएर अगाडि बढ्न लागेका देउवाले अर्को साता अब मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

    पाँच दलीय गठबन्धनको आधारमा प्रधानमन्त्री बनेकाले देउवाले आफ्नो क्याबिनेटमा सबै दललाई समावेश गर्ने भएका छन् । यी पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले देउवालाई सरकारमा समर्थन गर्ने भए पनि आफूले मन्त्री पद दाबी नगर्ने जनाइसकेको छ ।

    अर्को दल नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा अहिलेसम्म निर्णित छैन । उसले अबका केही दिनमा नै सरकारमा जाने वा नजाने भन्ने निर्धारण गर्नेछ । एमालेमा पछिल्लो समय देखिएको विवादका कारण पार्टी फुट्न सक्ने अनुमान नेपाल पक्षका नेताहरुको रहेको छ । उनीहरुले पार्टी विभाजन गरेको खण्डमा सरकारमा सहभागिता जनाउन सक्ने सम्भावना पनि छ ।

    बुधबार माधवकुमार नेपाल निवासमा ‘टि मिटिङ’का लागि पुगेका प्रधानमन्त्री देउवाले माधवकुमार नेपाल समूहलाई पनि सरकारमा आउन आह्वान गरेका छन् । नेपालले भने आफूले विश्वासको मत लिए पनि सरकारमा सामेल हुनेबारे अहिले नै नसोचेको बताएका छन् ।

    प्रधानमन्त्री देउवालाई विश्वासको मत लिन २३ जना माधवकुमार नेपाल पक्षका सांसद महत्वपूर्ण हुने भएकाले पनि नेपाल पक्ष सरकारमा आउँदा आफूलाई सहज हुने देउवाको बुझाइ छ ।

    कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४९, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदको समर्थन पाएर प्रधानमन्त्री भएका देउवाले अब सांसद संख्याको अनुपातको हिसाबमा नै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेका छन् ।

    यसअघि माओवादी केन्द्रले देउवासँग गृह र अर्थ दुवै मन्त्रालय माग गरेको थियो । तर, देउवाले माओवादी केन्द्रलाई दुईमध्ये एक दिन सकिने भन्दै अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् भने गृह कांग्रेससँगै राखेका छन् ।

    देउवाको पूर्ण क्याबिनेट बनेको खण्डमा यो सरकारमा सबैभन्दा बढी सहभागी पनि नेपाली कांग्रेसको नै हुने भएको छ । देउवानिकट एक नेताका अनुसार देउवाले कांग्रेसलाई ९, माओवादी केन्द्रलाई ७, माधवकुमार नेपाल समूहलाई ५ र जसपालाई ४ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

    देउवालाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ ।

    तर, नेपाल समूह सरकारमा नआएको खण्डमा यसलाई छुट्याएको ५ मन्त्रालयले फेरि कांग्रेस, माओवादी केन्द्र र जसपालाई विभाजन गर्ने देउवाको तयारी रहेको उनीनिकट एक नेताले बताए । यस्तो भएको खण्डमा कांग्रेसले प्रधानमन्त्रीसहित ११ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ ।

    जसपाले आफ्नो पार्टीमा रहेको आन्तरिक किचलो मिलाउनका लागि केही दिनको समय माग गरेको छ । जसपाको विवाद एउटा निष्कर्षमा पुगेपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा उपेन्द्र यादवले सरकारमा जसपाको नेतृत्व गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

    देउवाले अर्को सातासम्म पूर्णरुपमा मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सम्भावना बलियो हुँदै गएको उनीनिकट ती नेताले बताए । ‘अहिले स्वास्थ्यमा निकै ठूलो समस्या छ, कोरोना महामारी छ,’ ती नेताले भने, ‘त्यसैले पनि प्रधानमन्त्रीले छिटो सरकारलाई ‘फंसनल’ बनाउन खोज्दै हुनुहुन्छ, त्यसका लागि मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ ।’

    • मन्त्रालय बाँडफाँड
    • शेर बहादुर देउवा
    बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ७.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ८.
      यू–१६ क्रिकेटः सुदूरपश्चिम छनोट बैतडीमा हुने

    • ९.
      विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन समितिमा पेश

    • १०.
      सरकारी कार्यालय, बैंककाे कागजात किर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.