सरकारले २८ प्रतिशत भाडा बढाएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरिएकाे छ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेकाे मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेकाे हाे।
विभागका अनुसार उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ। https://drive.google.com/file/d/1s20ZbgrT6wSHjlKg7JA2G-FgbyG2LpYV/view?usp=drivesdk
केपी शर्मा ओली सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियाे। यता, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएकाे छ।
विभागका अनुसार यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो।
अहिले त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरिएको विभागले जनाएको छ।
ट्रोलियम पदार्थको मुल्यवृद्धिलाइ मात्र आधार बनाएर पछिल्लोपटक २०६९ सालमा भाडादर समायोजन गरिएकाे थियाे।
त्यसपछि २०६५ देखि २०६९ सम्म आइपुग्दा चारपटक भाडादर समायोजन गरिएकाे थियाे। तर, पछिल्लो ९ बर्ष भने वैज्ञानिक भाडादर कायम हुन सकेको थिएन।
विभागका अनुसार पेट्रोल/डिजेलको मुल्यमा ५ रुपैयाँ तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ। भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाकी अवयवहरुलाइ आधार मानिन्छ।