कैलारी गाउँपालिकाका कोभिड प्रभावितहरूका लागि दलित महिला अधिकार मञ्च नेपालले पोषण स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
डी.सी.ए.को सहयोगमा दलित महिला अधिकार मञ्च नेपालद्वारा सञ्चालित आधार परियोजना अन्तर्गत अति विपन्न कोभिड प्रभावितहरूको पोषण तथा स्वास्थ्यमा सुधारका साथै कोभिड जोखिम रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि राजेन्द्र रैकाले जानकारी दिए ।
उक्त सामाग्रीहरू एक कार्यक्रमका बिच दलित महिला अधिकार मञ्च नेपालका राजेन्द्र रैकाले कैलारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा कैलारी गाउँपालिकाका प्रवक्ता कमल प्रसाद चौधरी,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशी,सामाजिक शाखा प्रमुख यगम कलेल र स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटा, दलित महिला अधिकार मञ्च नेपालका जनक भूल,भीष्म चौधरी लगायतको सहभागिता थियो ।
५० जना कोभिड प्रभावितहरूका लागि हस्तान्तरण गरिएको पोषण स्वास्थ्य सामाग्रीहरूमा पल्सअक्सोमिटर ५० पिस,थर्मामिटर ५० पिस,टिस्युपेपर ५० पिस,सेनिटरी प्याड १७ प्याकेट,सेनिटाईजर ५० पिस,टर्चलाईट ५० पिस,ग्लोब्स ४५ पिस,हर्लिक्स ५० पिस,काजु ५०पिस,राजमा ५० किलो,च्यवनप्रास ५० किलो,आलमोण्ड ५० प्याकेट,चिकेन सुप ५० प्याकेट रहेको छ ।