• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

बझाङमा बर्सेनि बढ्दै आत्महत्याका घटना : महिलाकाे सङ्ख्या धेरै

  •  संवाददाता
  • शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङ – गएको साउन ३ गते तल्कोट गाउँपालिका ४ शाही बाडाकी २७ वर्षीया सङ्गीता सिंहले दुई वर्षको छोरासहित नदीमा हाम फालिन । उनको अहिलेसम्म अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना र उनका आफन्तले खोजी गरिरहेका छन् ।

    त्यस्तै केही दिनअघि खप्तड छान्ना गाउँपालिका ७ की सुशीला रोकायाले आत्महत्या गरिन । उनका श्रीमान् र सासूविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमलराज चौधरीले बताए।

    बर्सेनि महिलाले आत्महत्या गरेको घटना बढिरहेको प्रति महिला आवास गृहकी प्रमुख गीता शाही भन्नछन् , ‘आफूमाथि हुने घरायसी, आर्थिक तथा मानसिक हिंसाका कारण महिलाहरूले आत्महत्या गर्ने गरेका छन् । महिलाहरू माथि घरेलु हिंसा धेरै हुने गरेको छ । अशिक्षित महिलाहरू पुरुषले जे गरे पनि उनीहरूकै घरमा बस्नुपर्छ भन्ने धारणा छ । पुरुषविरुद्ध वा श्रीमान्, आफन्तविरुद्ध मुद्दा दर्ता गर्ने, आफूमाथि भएको हिंसा सहेर बस्न हुँदैन भन्ने मानसिकता अहिले पनि धेरै महिलामा छैन । जसका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन् ।’

    आत्महत्याविरुद्ध महिला सेफ हाउस समेत सञ्चालनमा ल्याएका आवास गृहकी प्रमुख शाहीले बताए । यसमार्फत धेरैजसो महिलालाई न्यायसमेत दिलाउन सफल भएको उनले बताइन । तर अझै जनचेतना र महिलाका हक अधिकारका कुराका बारेमा टोल–टोलमा जान आवश्यक रहेको प्रमुख शाही बताउछिन । हिंसा पीडित महिलालाई सरकारले पुनर्स्थापनाकाे व्यवस्था गर्न आवश्यक रहेको पनि उनले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्का महिलाले आत्महत्या गर्नुको कारण प्रतिरोध गर्न सक्ने क्षमता कमजोर हुनु, परनिर्भर पर्नु प्रमुख कारण भएकाे बताउछन् । यस्तै आफूमाथि भएको हिंसा तथा पीडालाई आफन्त, छिमेकी वा माइतीमा भन्दा समेत उनीहरूले भएको घरबार बिगार्नु हुँदैन, मिलेर बस्नुपर्छ जस्ता सुझाव दिने गरेका कारण महिलाले आफ्नो साथमा कोही पनि नभएको महसुस गरेर आत्महत्याको बाटो रोज्ने उनकाे भनाइ छ । यसको रोकथामका लागि महिलालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको उनले बताए ।

    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा १२ जनाले आत्महत्या गरेकोमा चार जना महिला, तीन जना बालबालिका र पाँच जना पुरुष छन् । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २४ जनाले आत्महत्या गरेकोमा ११ जना महिला, चार जना बालबालिका र नौ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा यो सङ्ख्या बढेर ३३ पुगेको छ । जसमा १४ जना महिला, चार जना बालबालिका र १२ जना पुरुष रहेका छन् ।

    • आत्महत्याका
    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.