• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार ०८, २०८२ | Sunday 22nd June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • २ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • २ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ३ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ हप्ता अगाडि

“जागिरका कारण पूर्ण स्तनपानमा समस्या”

  •  संवाददाता
  • सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टीकापुर – कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुन्। उनको चार महिनाको बच्चा छ। सुत्केरी भएको दुई महिना बिदा सकेर रुपकला आजभोलि नियमित कार्यालय जान थालेकी छिन्। कार्यालय जान थालेपछि उनले बच्चालाई नियमित स्तनपान गराउन पाएकी छैनन्।

    “दुई महिना घरमै बस्न पाएकाले नियमित दूध खुवाउँथे, अब जागिर गर्नुपर्‍याे, आजभोलि नियमित दूध खुवाउन पाउँदिन”, रुपकलाले भनिन्, “कार्यालयमै बच्चा लैजाने खालको वातावरण छैन, बच्चा कहाँ राख्नु ?, स्तनपान कक्ष पनि छैन, अझ कोरोना सङ्क्रमणको डर छ, त्यसैले घरमै सासुआमाले गाईको दूध खुवाएर राख्नुहुन्छ।

    स्तनपान आमा र बच्चा दुवैका लागि अतिआवश्यक हुन्छ। स्तनपानले बच्चा र आमा दुवैको स्वास्थ्य सुधार गर्छ। चिकित्सकका अनुसार बच्चालाई नियमित स्तनपान गराउँदा बच्चा स्वस्थ हुनाका साथै विभिन्न रोगबाट लड्ने क्षमता प्राप्त हुन्छ। स्तनपानको महत्व बुझाउन आइतबारदेखि कैलालीका पालिकाले स्तनपानको महत्व बुझाउन विभिन्न कार्यक्रम पनि गरिरहेका छन्। शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न पालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहे पनि कामकाजी आमालाई पूर्ण स्तनपान गराउन समस्या छ।

    किसान सहकारीमा कार्यरत शान्ति कोइरालाको पनि सानो बच्चा छ। शान्तिले पनि कार्यालयको कामसँगै बच्चालाई नियमित दूध खुवाउन समय व्यवस्थापनमा समस्या भएको उनको अनुभव छ। “छ महिनासम्म म र बच्चा दुवैलाई गाह्रो भयो, घरमै बस्ने आमाजस्तो पटकपटक दूध खुवाउन सकिँदैन”, कोइरालाले भनिन्, “घरमा सासु, ससुराले राम्ररी स्याहार्नु भएको छ, छ महिनापछि त अहिले अन्य खानेकुरा खाने गरेकाले सजिलो छ, तर पटकपटक दूध खुवाउन पाएन भन्ने लागिरहन्छ।”

    धेरै आमालाई स्तनपान अनिवार्य गराउनुपर्छ भन्ने राम्रो ज्ञान छ तर कोरोना महामारी, कार्यालयको काम आदि कारणले आमाले सोचेजस्तै पूरा समय बच्चालाई दिन पाएका छैनन्। टीकापुर नगरपालिकामा स्तनपान कक्ष छ तर कोरोना महामारीकै समयमा बच्चा जन्मिएकाले नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडलाई पनि पूर्ण स्तनपान गराउन समस्या भयो।

    “कार्यालयमा स्तनपान कक्ष छ, बच्चा कार्यालय ल्याउन महामारीको जोखिम भएकाले घरमै राखे, यो महामारीले पनि स्तनपानमा समस्या भयो”, ओडले भनिन्, “पूर्ण स्तनपान पाउनु बच्चाको नैसर्गिक अधिकार भए पनि जागिरे आमालाई गाह्रो हुने रहेछ, कार्यालय समयको बीचमा काम मिलाएर दूध खुवाउन जान्थे, तर सेवाग्राहीको गुनासो सुन्नुपर्थ्याे, निकै कठिन भयो।”

    उनी नीतिगतरुपमै कामकाजी आमाका लागि बच्चाको अधिकार सुरक्षित हुने खालको वातावरण आवश्यक रहेको बताउँछिन्। “बच्चालाई कम्तीमा छ महिनासम्म पूर्ण स्तनपान गराउने खालको वातावरण तयार हुनुपर्छ”, उनी भन्छिन्, “देखिँदा सानो समस्या देखिए बच्चा भविष्यका कर्णधार भएकाले बच्चाको अधिकार सुरक्षित हुनुपर्छ।”

    घरमै बस्ने आमाले भने बच्चालाई नियमित दूध चुसाउन पाएका छन्। त्यसले उनीहरुका बच्चा स्वस्थ छन्। टीकापुरकी पुष्पा देवकोटा गृहणी हुन उनले नियमित दुई÷दुई घण्टाको फरकमा दूध खुवाउने गरेकी छिन्। “म घरमै बस्ने भएकाले बच्चाको राम्रो स्याहार गरेकी छु, बच्चा स्वस्थ छ”, उनले भनिन्।

    सरकारले आमा र बच्चाको स्वास्थ्य र सहजताका लागि हरेक कार्यालयमा स्तनपान कक्ष हुनुपर्ने नीतिमा उल्लेख गरेको छ। कैलालीका सबै सङ्घसंस्था तथा कार्यालयमा स्तनपान कक्षसमेत छैनन्। बच्चाका आमाका लागि चाहिने वातावरण बनेको देखिँदैन । सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोसिलो र स्वस्थकर मानिन्छ। ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा आठदेखि १० पटकसम्म आमाको दूध खुवाउन चिकित्सकको सुझाव छ।

    कैलालीका पालिकाले ‘स्तनपान सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने सन्देश दिन कार्यक्रम गरेर मनाइरहेका छन्। टीकापुर नगरपालिकाले स्तनपानको महत्व बुझाउन वडा–वडामा रहेका आमा समूहमा छलफल गर्ने र बच्चाका आमालाई स्तनपानको महत्वबारे बुझाउने गरेको सिनियर अनमी हेमा ज्ञवालीले बताइन्।

    “हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ, जसले आमाले बच्चालाई कार्यालयमै राखेर सेवा दिन सजिलो हुन्छ”, उनी भन्छिन्, “हामीले नियमित स्तनपानको महत्व बुझाउन बच्चाका आमा, घरमा अन्य सदस्यलाई जनचेतना जगाउने काम गरिरहेका छौँ।”

    रासस

    • स्तनपानमा समस्या
    सोमबार, साउन १८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.