• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, चैत १०, २०७९ | Friday 24th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

यार्सागुम्बाले मूल्य पाएन, ‘रासन र लुगाफाटो किन्दाको उधारो पनि तिर्न नसकिने भयो’

  •  संवाददाता
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बहुमूल्य जडीबुटी यार्सागुम्बाले मूल्य नपाउँदा बझाङका यार्सा सङ्कलक समस्यामा परेका छन् । पछिल्ला केही वर्षयता यार्साको मूल्य घट्दै जानथालेको छ । यार्सा सङ्कलकहरू वैशाख दोस्रो हप्तादेखि दुई महिनाका लागि गाँसबासका आवश्यक सामानसहित सङ्कलन गर्ने क्षेत्र जाने गर्दछन् । उनीहरू तीन महिना यार्सा सङ्कलन क्षेत्रमै त्रिपाल टाँगेर बस्छन् ।

    एकातिर यार्सा सङ्कलनमा कमी आएको र अर्कोतिर बजार मूल्य नपाउँदा मार्कामा परेको साईपाल गाउँपालिका १ का मिलन धामीले बताउनुभयो । ‘पोहोर साल यार्सा सङ्कलन गर्न सकिएन । दुई वर्षअघि प्रतितोला १२ हजारदेखि १३ हजार पाँच सय रुपैयाँसम्ममा बिक्री भएको थियो । यसपालि पनि राम्रै मूल्य पाइएला भन्ने सोचेका थियौँ । अहिले त ह्वात्तै घटेर प्रतितोला आठ हजारदेखि नौ हजारमा आयो । कोरोना महामारीले कतै जानै पाइएन । हिमाली क्षेत्र भएकाले उत्पादन पनि कमै हुन्छ । सबै किनेरै खानुपर्छ । हिउँदमा यार्सा बेचेर पैसा दिउँला भनेर साहुसँग ऋण निकालेर घर खर्च चलाइयो । अहिले यार्सागुम्बाले मूल्य नपाउँदा साहुको ऋण तिर्न त परको कुरा हो, घर खर्च चलाउन पनि समस्या भइरहेको छ’, उहाँले गुनासो पोख्नुभयो ।

    बझाङका साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुंगल नगरपालिका, छविसपाथिभेरा गााउँपालिका लगायतका पालिकाको आम्दानीको मुख्य स्रोत यार्सालगायतका जडीबुटी हुन् । यहाँका नागरिकले लेकतिर गइ जडीबुडी सङ्कलन गर्ने र त्यही जडीबुटी बेचेर गुजारा चलाउने गरेका छन् । गएको वर्ष कोरोना महामारीका कारण यार्सा सङ्कलन क्षेत्र बन्द हुँदा सङ्कलन कार्य प्रभावित भएको थियो । यस वर्ष सङ्कलन गरे पनि मूल्य नपाएपछि सङ्कलकहरू निराश भएका छन् ।

    यार्सागुम्बाले मूल्य नपाउँदा सुर्मा गाउँपालिकाका प्रेमबहादुर बोहरा यसरी गुनासो पोख्नुहुन्छ, ‘यार्साले राम्रै मूल्य पाउला भन्ने थियो तर मूल्य झन् घट्यो । पोहोर साल सङ्कलन गरिएन, त्योभन्दा अघिल्लो वर्ष डेढ लाख रुपैयाँसम्म कमाइएको थियो । यार्सा टिप्न जाने बेलाको रासन र लुगाफाटोलगायतका सामान किनेको उधारो पनि तिर्न नसकिने भयो ।’

    बझाङका विभिन्न गाउँमा यार्सा सङ्कलक र व्यापारीको सहमतिमा प्रतिगोटा र तोलाको हिसाबले यार्सा बिक्री हुने गरेको छ । दुई वर्षअघि प्रतिकिलो १० लाख रुपैयाँमा बिक्री भएको यार्सा यस वर्ष घटेर प्रतिकिलो झन्डै आठ लाख रुपैयाँमा बिक्री भइरहेको छ ।

    यार्सा सङ्कलन गर्ने क्षेत्रमा फोहोर भएका कारण यार्सा सङ्कलन घट्दै गएको हो । हिउँ पर्ने र पग्लिने अवधिमा अनियमितता, अनियमित र अपरिपक्व रूपमा यार्साको सङ्कलन, जलवायु परिवर्तनलगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञहरू बताउँछन् । नेपालमा पछिल्लो दुई दशकयता मात्र यार्साको व्यावसायिक सङ्कलन तथा बिक्री सुरु भएको उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनुहुन्छ । यार्साको मूल्य घट्दा बझाङको अर्थतन्त्रमा ठूलो असर परेको उहाँको भनाइ छ ।

    जडीबुटीले मूल्य नपाउँदा यहाँका धेरैजसो मानिस भारतको पिथौरागढ, धार्चुला जान बाध्य छन् ।

    • बझाङ
    • यार्सागुम्बा
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.