• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, भदौ ०१, २०७९ | Wednesday 17th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • ९ घण्टा अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १२ घण्टा अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १२ घण्टा अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १२ घण्टा अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • २ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • २ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • २ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ४ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ४ दिन अगाडि

Advertisement

गृहको छानबिन टोली जयसिंहको परिवार भेट्न मालगाउँ पुग्यो

"प्रत्यक्षदर्शीलाई गाउँ पठाइयो, एसएसबीसँग गरिएन सोधपुछ "
  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     

    महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका(२ मालगाउँ गएको हो।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ गएको बताए।

    बिहीबार गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो। एसएसबीसहित घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको थियो।

    यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन्।

    महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ। तर दुवैतर्फ तार छैन। रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरू बताउँछन्। महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ।

    छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन्।

    भारतीय एसएसबीसँग अझै गरिएन सोधपुछ

    दार्चुला घटनामा आरोपी मानिएका भारतीय एसएसबीसँग भने अझै सोधपुछ गरिएको छैन। बुधबार भारतीय एसएसबीकै सहभागितामा घटनास्थलको भारतपट्टि पुगेर फर्किएको टोलीले अहिलेसम्म पनि सोधपुछ नगरेको हो।

    गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्याँस गाउँपालिका(२ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए।

    घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको टोली मंगलबार साँझ दार्चुला पुगेको थियो। बिहीबार बिहान टोली सीमावर्ती भारतीय बजार धार्चुला हुँदै घटनास्थल गस्कु–मालघाट पुगेको हो।

    तर, धार्चुला पुगेको उक्त टोलीले घटनाबारे कुनै तथ्य, प्रमाण फेला परेको या नपरेको भने सार्वजनिक गरेको छैन। यस्तै जयसिंहका आफन्तले भारतीय प्रहरी थानामा दिएको उजुरीबारे टोलीले एसएसबीसँग सोधपुछ समेत नगरेको बताइएको छ।

    धामी बेपत्ता भएपछि उक्त घटनाको मुचुल्का लिएर अनुसन्धान गर्न पागला प्रहरीलाई स्थानीय बहादुरसिह धामी र जोगासिंह धामीले उजुरीपत्र ९एफआइआर० दिएका थिए।

    तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको र धामी बेपत्ता भएको उक्त उजुरीमा उल्लेख गरिएको थियो। यता दार्चुला जिल्ला प्रशासनले भने त्यसबारे छलफल भइरहेको र थप अनुसन्धान जारी रहेको बताएको छ।

    प्रत्यक्षदर्शीलाई पनि गाउँ पठाइयो

    स्थानीय प्रशासनले बयानका लागि सदरमुकाम ल्याइएका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीलाई बिहीबार गाउँ फिर्ता पठाएको छ । प्रहरी सुरक्षामा उनीहरूलाई गाउँ पठाइएको हो।

    गत १८ साउनमा सोधपुछका लागि भन्दै उनीहरूलाई दुई जना प्रहरीको निगरानीमा सदरमुकाम ल्याइएको थियो। गृह मन्त्रालयको छानबिन टोलीले बुधबार उनीहरूसँग बयान लिएको थियो।

    तीनै जनालाई बिहीबार बिहान ५ बजे खलंगाबाट गाउँ हिँडाइएको थियो। दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरूलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो। खलंगामा रहँदा उनीहरूलाई पत्रकार र मानव अधिकारकर्मीसँग भेट्न रोक लगाइएको थियो।

    प्रहरीले उनीहरूलाई गाउँ लैजाँदा एक–दुई अन्य स्थानीय पनि सँगै थिए, तर उनीहरूसँग सम्पर्क गर्न दिइएन। प्रत्यक्षदर्शी र स्थानीयलाई छुट्टाछुट्टै हिँड्न लगाइएको सँगै गएका एक स्थानीयले बताए।

    पत्रकारलाई निषेध

    छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरेको छ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेट्न हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो।

    दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट वञ्चित गरायो। आज फेरि नेपाली सेनाले छानबिन समितिको फोटो खिच्न रोक लगायो। यो घटनाको सुरुवातदेखि नै मिडियामाथि अंकुश लगाउने काम भइरहेको छ।’ लुकिछिपी फोटो खिच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

    बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको थियो। सुरुमा घटनास्थल जानै नदिएको एसएसबीले पछि नेपाल–भारत जोड्ने पुलबाटै पत्रकारलाई क्यामेरा लैजान रोक लगाएको थियो।

    • छानबिन टोली
    • मालगाउँ
    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
    कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
    सुनको मूल्य तोलामा ५ सयले घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ४.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ५.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ६.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ७.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ८.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ९.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • १०.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.