• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • ११ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १६ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १७ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

टीकापुरमा नदी कटान रोक्न सामूहिक प्रयास

  •  संवाददाता
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ ।तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिइने भएको छ ।

    नदीमा पानीको बहाव बढेपछि यसअघि रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध भत्काएको छ । गत वर्ष निर्माण भएको तटबन्ध अब डेढ मिटरमात्र बाँकी छ । यो तटबन्ध भत्किएमा नदी बस्तीमा पस्ने जोखिम छ । नदी बस्तीमा पसेमा टीकापुरका वडा नं ६, ७, ८ र ९ प्रभावित हुनेछन् । नगरस्तरीय विपद् व्यवस्थापन समितिका बैठकले तत्कालै तटबन्ध कार्य शुरु गर्नुपर्ने तयारी गरेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।

    “तत्कात तटबन्धका लागि आवश्यक सामग्री जुटाएर काम थाल्ने निर्णय गरेका छौँ, सम्भवत आजैबाट तटबन्धको काम शुरु हुन्छ, जनशक्ति सिँचाइ कुलाका उपभोक्तालाई काममा लगाउने सहमति भएको छ”, नगर प्रमुख रावलले भने, “समयमै नदी नियन्त्रण गर्न नसके बस्ती सखाप हुन्छ ।”

    तटबन्ध भत्कन थालेपछि नियन्त्रणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत ठूला ढुङ्गा प्रयोग गरी नदी नियन्त्रणको कार्यसमेत भइरहेको छ । चिसापानी र मोहन्याल क्षेत्रबाट ठूला ढुङ्गा ल्याएर तटबन्ध भइरहेको छ तर ढुङ्गा पाउन समस्या भएपछि जैविक तटबन्धसमेत गर्ने तयारी गरिएको रावल बताउँछन् । “गत वर्ष रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध यस वर्ष भत्किसकेको छ । नदी कटानले करिब डेढ मिटर मात्र तटबन्ध भत्कन बाँकी छ । नदीले धार परिवर्तन गर्दा अघिल्लो वर्षको तटबन्ध अर्को वर्षसम्म टिक्नै मुस्किल भएको छ”, उनले भने, “यो तटबन्ध यस वर्ष कटान रोक्नका लागि मात्रै हो । अब नियन्त्रणका लागि विकल्प र दीर्घकालीन तटबन्धबारे योजना बनाउन आवश्यक छ ।”

    तटबन्ध गर्न बाँसलगायतको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ । त्यस्तै आवश्यक नाइलन जाली, खाली बोरालगायत अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गर्नेछ । आवश्यक रबोट बोट ९डुङ्गा०, र लाइफ ज्याकेटलगायत सुरक्षा सामग्रीको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा र टीकापुर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी बल तालिम शिक्षालयले उपलब्ध गराउने र प्राविधिक जनशक्ति व्यवस्थापन जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।

    कर्णाली नदी कटानको जोखिम बर्सेनि रहन्छ । नदी नियन्त्रणका लागि सिँचाइ आयोजनाले दर्जनौँ ठाउँमा बर्सेनि तटबन्धको काम समेत गर्दै आएको छ तर निर्माणाधीन अवस्थामै रहेको तटबन्ध भत्कँदै जाँदा आयोजनालाई समेत काम लम्बाइरहनुपर्ने समस्या छ । नदी कटानले कैलाली र बर्दिया जोड्ने टीकापुर–८ फाँटागाउस्थित कर्णाली पुलको बर्दिया क्षेत्रको उत्तर र दक्षिणतर्फ बनेको तटबन्ध नदीमा भासिन थालेको छ । तटबन्ध भासिन थालेपछि पुलसमेत जोखिममा परेको छ । त्यहाँसमेत समयमै तटबन्ध पुनःनिर्माण कार्य शुरु नगरे बर्दियातर्फ ठूलो क्षति हुने देखिएको स्थानीय लोकसिंह धामीले बताए ।

    बर्सेनि त्रासमा बस्न बाध्य तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्न तटबन्धको स्वरुप परिवर्तन गरी दिगो समस्या समाधानतर्फ ध्यान दिन आवश्यक रहेको तटीय क्षेत्रका नागरिक बताउँछन् । “भत्कने खालको तटबन्ध किन बनाउनु रु दिगो हुने खालको तटबन्ध निर्माणमा ध्यान दिनुपर्छ”, स्थानीय रामकृष्ण चौधरी भन्छन्, “हरेक वर्ष तटीय क्षेत्रका नागरिकको बर्सातमा भागाभाग हुने अवस्था आउँछ ।”
    -रासस

    • टीकापुर
    • नदी कटान
    • सामूहिक प्रयास
    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.