• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, असार २८, २०८२ | Saturday 12th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • ७ दिन अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • १ हप्ता अगाडि

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
  • १ हप्ता अगाडि

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ
  • १ हप्ता अगाडि

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
  • २ हप्ता अगाडि

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु
  • २ हप्ता अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
  • २ हप्ता अगाडि

धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न
  • २ हप्ता अगाडि

डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा
  • २ हप्ता अगाडि

अझै आएन सेतीमा सिटी स्क्यान मेसिन,भवन निर्माण पनि अधुरो !

  •  संवाददाता
  • शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अस्पताल प्रशासनको चरम लापरबाहीले सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन जडान हुन सकेको छैन।आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद गर्न साढे ८ करोड ५० लाख र त्यसको भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गर्‍यो।

    तर, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले आन्तरिक कारणले सिटी स्क्यान मेसिन खरिद गर्न समस्या रहेको भन्दै आलटाल गरे। उनले रकमान्तरका लागि मन्त्रालयमा परिपत्र समेत गरे।

    डा. पाण्डेले तत्कालै उक्त मेसिन खरिद गर्न नसकिने भन्दै मन्त्रालयमा रकमान्तरका लागि पत्र पठाएका थिए। अस्पताल विकास समितिसँग छलफलविना नै मेसु पाण्डेले रकमान्तरका लागि पत्र पठाएको भन्दै चर्को आलोचना पनि भयो।

    न समयमा मेसिन खरिद भयो न त भवन नै निर्माण हुन सक्यो। बजेट सबै फ्रिज भयो।आर्थिक वर्ष २०७७र०७८ मा मन्त्रालयले ५० लाख थपेर मेसिन खरिदका लागि ९ करोडको बजेट विनियोजन गर्‍यो।

    मन्त्रालयको पटक-पटकको ताकेतापछि २०७७ साल कात्तिक २५ गते मात्रै अस्पतालले सिटी स्क्यान मेसिन खरिदका लागि काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता गर्‍यो।

    पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने सर्त म्याक्स मेडिटेक प्रालिसँग ५ लाख ४९ हजार अमेरिकी डलर अर्थात् ६ करोड ४६ लाख ८८ हजार ६ सय ७० रुपैयाँमा सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार गत फागुन महिनामा मेसिन हस्तान्तरण भइसक्नुपर्ने हो। तर २०७८ को साउन बित्न लाग्दा पनि अस्पतालमा मेसिन अझै पुगेको छैन।

    No description available.

    ‘मेसिन खरिद भइसकेको छ। सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक संरचना अभावले मेसिन यहाँ आइनपुगेको हो, ‘सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘१ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद भइसकेको छ। भवन तयार हुने बित्तिकै जडान हुन्छ।’

    सिटी स्क्यान मेसिनको भवन निर्माणका लागि २०७७ असार १२ मा अस्पताल प्रशासन र टीकापुरको इन्द्र धनु अछाम निर्माण सेवासँग मूल्य अभिवृद्धि कर सहित १ करोड ५९ लाख ३६ हजार ९ सय ६८ ठेक्का सम्झौता भयो। २०७७ चैत ११ सम्म काम सम्पन्न गरिसक्नुपर्ने म्याद थियो। तर ठेकेदार ललितबहादुर कुँवरले समयमै काम सम्पन्न गर्न सकेनन्।

    ‘निर्माण कम्पनीको चरम ढिलासुस्तीले समयमै काम सम्पन्न हुन सकेन। हामीले पटक(पटक ताकेता गर्दा पनि काम भएन,’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भने, ‘भवन निर्माणमा ढिलासुस्ती भएपछि हामीले २०७७ माघ २१ मा पहिलो पटक ताकेता गर्‍यौं। कामले गति लिएन, फागुन २६ मा फेरि ताकेता गर्‍यौं। चैत ११ बित्यो, सम्झौता अवधि सकियो तर भवन निर्माणको काम सकिएन।’

    No description available.

    निर्माण कार्य नसकिएपछि अस्पताल प्रशासनले २५ असार २०७८ सम्म फेरि म्याद थप गर्‍यो। ‘निर्माण ठेकेदार कुँवरले निर्माणमा गति दिन सकेनन्। काममा ढिलासुस्ती देखेर हामीले जेठ १६ मा समयमै काम सम्पन्न गर्न ताकेता गर्‍यौं। ठेकेदार कम्पनीलाई १६ जेठ २०७८ मा यथाशीघ्र भवन निर्माण सक्न ताकेता गर्‍यौं,’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले थपे, ‘असार २५ पनि बित्यो। थपिएको म्याद सकियो तर अझै भवन बनिसकेको छैन। अहिले पनि काम भइरहेको छ।’

    दोस्रो पटक तीन महिनाका लागि फेरि म्याद थप गरिएको अस्पतालका लेखा शाखा प्रमुख मदन महराले बताए। ‘कोरोना महामारीका कारण ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीबाट निवेदन आएपछि हामीले तीन महिनाका लागि म्याद थप गरेका हौं। यो अवधिमा काम सम्पन्न भइसक्छ,’ उनले भने।

    ठेकेदार कुँवरले समयमै भवन निर्माण गर्न नसके पनि एक करोड रकम भुक्तानी लगिसकेका छन्।

    ‘पटक-पटक गरेर एक करोड बढी रकम भुक्तानी लगिसकेका छन्,’ लेखापाल महराले भने, ‘सिटी स्क्यान मेसिन खरिदको रकम खातामा नै छ। मेसिन हस्तान्तरणपछि भुक्तानी हुन्छ। तर भवन बनाउने ठेकेदारलाई अब ५० लाख रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ।’

    प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन अति आवश्यक उपकरण हो। अहिले सेतीमा सिटी स्क्यान मेसिन नहुँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा सिटी स्क्यान गर्न बाध्य छन्। सेतीमै सिटी स्क्यान सेवा चालु भएमा प्रदेशबासीलाई सहज हुने थियो।

    सरकारी अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीहरू सास्ती खेप्न बाध्य छन्। उक्त सेवाका लागि अस्पताल पुग्ने बिरामीलाई अहिले निजी अस्पतालहरूमा पठाइने गरिएको छ। त्यो पनि प्रभावकारी नभएको बिरामीको गुनासो छ।

    मन्त्रालयले मेसिन खरिदका लागि बजेट विनियोजन गर्दा पनि अस्पताल प्रशासनले खरिद गर्न नसकेको भन्दै सेवाग्राहीले आक्रोस पोखेका छन्। धनगढी उपमहानगरपालिका-१०, जुगेडाका पशुपति रानाले अस्पतालमा तत्काल सिटी स्क्यान सेवा सुरु हुनुपर्ने माग गरे। उनले भने, ‘अहिले अस्पतालमा आउने बिरामीलाई सिटी स्क्यानका लागि निजी अस्पतालमा पठाइने गरेको छ, यो निकै खर्चिलो छ। हामी सेती प्रादेशिक अस्पतालबाट यो सेवा लिन चाहन्छौँ।’

    बिरामीले निजी क्षेत्रबाट सञ्चालित सिटी स्क्यान सेवा लिँदा सामान्य सिटी स्क्यानका लागि ८ हजारदेखि १८ हजारसम्म तिर्न बाध्य छन्। जबकी सेती प्रादेशिक अस्पतालमै यो सेवा सुरु भए बिरामीले ४ हजारमै त्यस्तो सेवा पाउन सक्नेछन्।

    सेवाग्राहीहरू यथाशीघ्र अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुनुपर्ने बताउँछन्। अस्पतालमा रहेका डाक्टरहरूको निजी अस्पतालमा लगानी भएका कारण प्रादेशिक अस्पतालमा सिटी स्क्यान खरिद गर्न आनाकानी गरेको सेवाग्राही प्रकाश रावलको आरोप छ।

    उनले भने, ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति मौलाउँदै गएको छ। यो गलत हो।’ कसैको व्यक्तिगत स्वार्थका कारण नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उनको तर्क छ।

    • भवन निर्माण
    • सेतीमा सिटी स्क्यान मेसिन
    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
    अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
    शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • २.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ३.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ४.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ५.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ६.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ७.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • ८.
      धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न

    • ९.
      डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा

    • १०.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.