• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ६ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ६ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ६ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १३ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १४ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १४ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १४ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • १ दिन अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • १ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, तत्काल सरकार फेरबदल नहुने

  •  संवाददाता
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ। शनिबार भट्ट र प्रचण्डबीच काठमाडौंमा भेटवार्ता भएको हो।

    भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए। यता, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको विषयमा चर्चा चुलिएका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले प्रचण्डलाई भेटेका हुन्। जसले गर्दा यो भेटवार्तालाई अर्थपूर्ण हिसाबले हेरिएको छ।

    भेटवार्ताका क्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा भेटवार्तामा छलफल भएको बताइएको छ। ‘केन्द्रमा रहेको सत्तारूढ गठबन्धन र सोहीअनुसार गठबन्धनमा रहेका पार्टीको प्रदेश सरकारमा सहभागिताबारे छलफल भएको छ,’ भेटवार्तामा सहभागी एक नेताले भने, ‘प्रचण्डले वर्तमान प्रदेश सरकार तत्कालै परिवर्तन हुने सम्भावना कम रहेको बताउनुभएको छ। सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय हुने बताउनुभएको छ।’ हाललाई तत्काल सरकारमा कुनै फेरबदल नहुने उनले दाबी गरे।

    यता, प्रदेशमा भने सरकार परिवर्तन हुने चर्चा चुलिएको छ। माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब कांग्रेस वा माधव समूहको नयाँ पार्टीले नेतृत्व गर्ने चर्चा छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन्। तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन्।

    उनीहरूमध्ये तत्कालीन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्। विगतमा एमालेभित्र माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद खुलेका थिए।

    केही दिनयता केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको थियो। नेपाली कांग्रेसले गठबन्धन सरकार बनाएर प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको थियो।

    तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तन नहुने विश्वास दिलाएपछि माओवादीका तर्फबाट अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेका त्रिलोचन भट्ट विश्वस्त भएको स्रोतको दाबी छ।

    • सुदूरपश्चिमका मुख्यमन्त्री
    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ५.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ६.
      महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ

    • ७.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ८.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ९.
      रामेश्वर चौधरीको शपथ रोक्न सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई समेत पत्राचार

    • १०.
      आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने, तराईका केही जिल्लामा गर्मी

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.