• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

महिनौँसम्म पन्छिएन कर्णाली करिडोरको पहिरो

  •  संवाददाता
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सडक अवरुद्ध बनेको महिनौँ बितिसक्दा पनि कर्णाली करिडोरको पहिरो अझै पन्छाइएको छैन । लगातारको वर्षाले कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

    करिडोरको खुलालुदेखि हुम्लाको हिल्सासम्मको सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले आफ्नो निर्माण कार्य सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । नेपाली सेनाले सडक हस्तान्तरण गरिसकेपछि रेखदेख र मर्मतको जिम्मा पाएको सडक विभागको बेवास्ताले गर्दा करिडोरको पहिरो पन्छिन सकेको छैन ।

    नेपाली सेनाको निर्माण कार्यदलले सडक हस्तान्तरण नहुँदासम्म अवरुद्ध सडक पन्छाउने तथा मर्मत पनि गरिरहेको थियो । निर्माण सकेर सडक विभागलाई बुझाए पनि अहिले कसैको नजर नपरेको स्थानीय आनन्द बमले बताए । उनले भने, ‘निरन्तरको वर्षाले रेंगिल, आमतडा, फुगाडको खोला, लाफा, जारकोटलगायतका ठाउँमा पहिरै पहिरो छ । एक महिनादेखि सडकमा यातायात संचालन हुन सकेको छैन । नागरिक जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन् ।’

    उनले सडक पन्छाउन कसैको ध्यान नगएको गुनासो गरे । आफ्नो क्षेत्रमा पर्ने पहिरो स्थानीय सरकारले महिनौँ बितिसक्दा पनि पन्छाउन नसकेको उनको भनाइ छ । कहालीलाग्दो करिडोरको सडकका कारण भर्खरै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । सडको यही अवस्थाका कारण यहाँ पटक पटक सडक दुर्घटना हुँदै आएको छ ।

    सडक विभागले तत्काल पहिरो पन्छाउनुपर्ने स्थानीयले बताएका छन् । सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई बुझाइसकेपछि उसकै दायित्व भएको तर अहिलेसम्म कुनै चासो देखाउन नसकेको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । उनले भने, ‘अहिलेसम्म नेपाली सेनासँग सहकार्य गरेर अवरुद्ध सडक पन्छाउँदै आइरहेका थियौँ । अहिले निरन्तरको वर्षाले गर्दा सडक पन्छाउन नसकिएको हो ।’

    पहिरो पन्छाएर मात्र यातायात संचालन हुने अवस्था नभएको, करिडोरको फुगाड खोलामा पुल निर्माण नहुँदासम्म पूर्ण रूपमा सडक सुचारु नहुने उनले बताए । यसका लागि सडक विभागले तत्काल पुल निर्माणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।

    उता, सडक विभागले वर्षा रोकिएपछि मात्र अवरुद्ध सडक खोल्न सकिने बताएको छ । वर्षा निरन्तर भइरहेकाले अहिल्यै सडक पन्छाउन संभव नहुने भएकाले वर्षा रोकिएपछि सडकको अवस्थाबारे अनुगमन गरेर फुगाडको पुल र अन्य सडक निर्माणमा लाग्ने विभागले जनाएको छ ।

    फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माण गरिरहेको क्षेत्रमा निरन्तर पहिरो बगिरहेकाले पहिरो पन्छाउन नसकिएको निर्माण कम्पनीले जनाएको छ । वर्षा केही दिन रोकियो भने आफ्नो क्षेत्रमा आएको पहिरो आफैँले पन्छाउने आयोजनाले जनाएको छ ।
    करिडोर मात्र होइन, स्थानीय ग्रामीण सडकहरू पनि पहिरोले क्षतबिक्षत बनिसकेका जनाइएको छ । करिडोर भएर गाउँमा संचालन हुने यातायातका साधनहरू अहिले ठप्प छन् ।

    • कर्णाली करिडोर
    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.