• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार ०८, २०८२ | Sunday 22nd June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • २ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • २ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ३ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • २ हप्ता अगाडि

भारतबाट फर्किनेलाई नाकामै खोप

  •  संवाददाता
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतबाट घर फर्किने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किनेलाई खोप दिन लागेको हो ।

    सरकारको निर्णयअनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका अनुसार पहिलो डोज नाकामा लगाएकाहरूका लागि दोस्रो डोज भने सम्बन्धित पालिकामै पाउनेछन् ।

    ‘भारतबाट घर फर्किने सबैलाई खोप लगाउन थालिएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, ‘अधिकांश भारतमै खोप लगाएका आइरहेका छन् ।’ गड्डाचौकी नाकाबाट अहिले दैनिक दुईरअढाई सय जना भित्रिने गरेका छन् । तीमध्ये अधिकांश भारतमै खोप लगाएर आउने भएकाले नाकामा खोप लगाउने संख्या दैनिक एक सयको हाराहारीमा छ । गत फागुनमा कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राका रूपमा अस्ट्राजेनेकाको खोप लगाएको थियो । त्यसबाट बचेको खोप अहिले नाकामा घर फर्किनेलाई लगाउन थालिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म गड्डाचौकी नाकामा ३ सय ७५ जनालाई अस्ट्राजेनेकाको खोप लगाइएको छ । गत बिहीबारदेखि खोप दिन सुरु गरिएको हो । बिहानैदेखि घर फर्किनेहरूलाई नाकामै एन्टिजेन परीक्षणपछि कोरोनाविरुद्धको खोप लगाइन्छ । पोजिटिभ आएकालाई एम्बुलेन्सबाट सिधै आइसोलेसनमा लगिन्छ भने नेगेटिभ आएकाहरूलाई खोप लगाइन्छ । नाकामै खोप लगाउन सुरु भएपछि घर फर्किने कामदारहरूलाई निकै राहत भएको छ । भारतमा खोप नपाएका र नेपालमा समेत नपाउने अवस्थाका कारण उनीहरू निकै चिन्तित थिए । ‘भारतमा पनि पाएनौं, गाउँमा पनि पाइँदैन भन्ने चिन्ता थियो,’ भारतको हिमाञ्चलबाट घर फर्किएका जाजरकोटको छेडेगाडका लोकेन्द्र विष्टले भने, ‘नाकामै खोप पाइयो, अब अर्को खोप लाएपछि मात्रै काममा फर्किने हो ।’

    दार्चुलाका नरेन्द्र जोशीले पनि सोमबार गड्डाचौकी नाकामै खोप लगाए । दिल्लीबाट घर फर्किन लागेका उनी खोपबारे निकै जिज्ञासु देखिन्थे । उनी खोप लगाए पनि अपनाउनुपर्ने सावधानी, दोस्रो खोप लगाउने समय र त्यसको उपलब्धताबारे सबै खोप लगाउने स्वास्थ्यकर्मीलाई सोधिरहेका थिए । ‘अब सबै कुरा थाहा भयो, खोप पनि लगाइयो,’ उनले भने, ‘भारतमा हुने खाने र किन्न सक्नेले मात्रै खोप लगाउन पाएका छन्, हामीजस्ता सोझासाझाले पाउनै गाह्रो छ ।’

    पछिल्लो समय भारतबाट घर फर्किनेहरूमा पनि संक्रमणको दर कम भएको छ । दुईरतीन सय जनाको एन्टिजेन परीक्षण गर्दा १र२ जनामा मात्र संक्रमण देखिने गरेको छ । कुनै दिन एक जनामा पनि संक्रमण देखिँदैन । ‘परीक्षणसँगै नाकामै खोप पनि लगाउन थालेपछि संक्रमणको जोखिम न्यून हुँदै जान्छ,’ स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भने, ‘तेस्रो लहर रोकथामका लागि यसले सहयोग पुर्‍याउनेछ ।’

    दोस्रो लहरका बेला भारतबाट फर्किनेलाई सामान्य स्वास्थ्य परीक्षणसमेत नगरी घर पठाउँदा सीमा क्षेत्रका जिल्लामा संक्रमणको अवस्था भयावह बनेको थियो । कञ्चनपुरमा मात्रै कोरोना संक्रमणका कारण वैशाखयता १ सय ७५ जनाको मृत्यु भएको छ । जबकि पहिलो लहरका बेला १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।- कान्तिपुुर

    • नाकामै खोप
    • भारतबाट फर्किने
    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.