• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, भदौ ०१, २०७९ | Wednesday 17th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • १० घण्टा अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १३ घण्टा अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १४ घण्टा अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १४ घण्टा अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • २ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • २ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • २ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ४ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ४ दिन अगाडि

Advertisement

कांग्रेस वडा अधिवेशन : २७ जिल्लाको सम्पन्न, २१ जिल्लाको अझै अनिश्चित !

  •  संवाददाता
  • आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली कांग्रेसको शुक्रबारदेखि शुरू भएको तल्लो तहको अधिवेशनअन्तर्गत ५६ जिल्लामध्ये शनिबारसम्म ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएअनुसार पहिलो दिन ३५ जिल्लाका र दोस्रो दिन शनिबार थप दुई जिल्लाको वडाहरूमा अधिवेशन भएको थियो । उहाँले बाँकी जिल्लामा निर्वाचन अधिकृतहरुले आज आइतबार र भोलि सोमबार वडा अधिवेशन गर्ने भनि समय मागेको र कुनै कुनै जिल्लामा भने २३ गते वडा अधिवेशन गर्ने भनिएको बताउनुभयो ।

    निर्वाचन समितिका संयोजक यादवले नेपाल समाचारपत्रलाई शनिबारसम्म ३७ जिल्लामा मात्र वडा अधिवेशन भएको जानकारी दिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन भएको बताउनुभएको छ । वरिष्ठ नेता पौडेलले वडा अधिवेशनमा भएको उत्साहपूर्वक सहभागिताले नेपाली कांग्रेसको जग थप मजबुत बन्दै गएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

    क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको ५६ जिल्लामा केन्द्रीय निर्वाचन समितिले जिल्ला वडा अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत खटाएको थियो । क्रियाशील सदस्यको सूची सार्वजनिक नभएको २१ जिल्लाको वडा अधिवेशन भने अझै अनिश्चित छ । महाधिवेशनको कार्यतालिकाअनुसार २७ गते गाउँरनगर अधिवेशन गर्ने भनिएको छ ।

    गाउँरनगर अधिवेशनका लागि पहिला वडा अधिवेशन अनिवार्य भएकाले २७ गते अगावै वडा अधिवेशन गर्नुपर्ने भए पनि क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकिएको २१ जिल्लामा अधिवेशन शुरु नै भएको छैन । सूची सार्वजनिक हुन नसकेका बारे जिज्ञासा राख्दा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्य छानबिन समितिले २१ जिल्लाको सूचीलाई अन्तिम रूप दिन व्यापक छलफल गरिरहेको बताउनुभयो । उहाँले अब एकरदुई दिनमा सूची सार्वजनिक हुने र जिल्लामा निर्वाचन अधिकृत पनि खटिने दाबी गर्नुभयो ।

    क्रियाशील सदस्यता विवादका कारण यसअघि सार्वजनीक गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित भएको थियो । केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा पार्टीभित्र व्यापक असन्तुष्टि बढेपछि श्रावण ३० गते सम्पन्न केन्द्रीय समिति बैठकले उक्त प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य पूरा गरी प्रतिवेदन बुझाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो ।

    सिटौला नेतृत्वको कार्यदलले १० बुँदे सुझावसहित प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएलगत्तै पटक–पटक गरी ५६ जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको थियो ।

    सिटौला कार्यदलले दिएको सुझावअनुसार नै क्रियाशील सदस्यको विवाद टुंगिने भन्दै प्रवक्ता शर्माले सबै उजुरी हेरेर निर्णय गर्नुपर्ने हुँदा अलि ढिला भएको बताउनुभएको छ । क्रियाशील सदस्यता विवादबारे सिटौला कार्यदलले दिएको सुझाव सभापति शेरबहादुर देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत ग्रहण गर्नुभएको थियो ।

    • कांग्रेस वडा अधिवेशन
    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
    कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
    सुनको मूल्य तोलामा ५ सयले घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ४.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ५.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ६.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ७.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ८.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ९.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • १०.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.