• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

कांग्रेस वडा अधिवेशन : २७ जिल्लाको सम्पन्न, २१ जिल्लाको अझै अनिश्चित !

  •  संवाददाता
  • आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली कांग्रेसको शुक्रबारदेखि शुरू भएको तल्लो तहको अधिवेशनअन्तर्गत ५६ जिल्लामध्ये शनिबारसम्म ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएअनुसार पहिलो दिन ३५ जिल्लाका र दोस्रो दिन शनिबार थप दुई जिल्लाको वडाहरूमा अधिवेशन भएको थियो । उहाँले बाँकी जिल्लामा निर्वाचन अधिकृतहरुले आज आइतबार र भोलि सोमबार वडा अधिवेशन गर्ने भनि समय मागेको र कुनै कुनै जिल्लामा भने २३ गते वडा अधिवेशन गर्ने भनिएको बताउनुभयो ।

    निर्वाचन समितिका संयोजक यादवले नेपाल समाचारपत्रलाई शनिबारसम्म ३७ जिल्लामा मात्र वडा अधिवेशन भएको जानकारी दिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन भएको बताउनुभएको छ । वरिष्ठ नेता पौडेलले वडा अधिवेशनमा भएको उत्साहपूर्वक सहभागिताले नेपाली कांग्रेसको जग थप मजबुत बन्दै गएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

    क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको ५६ जिल्लामा केन्द्रीय निर्वाचन समितिले जिल्ला वडा अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत खटाएको थियो । क्रियाशील सदस्यको सूची सार्वजनिक नभएको २१ जिल्लाको वडा अधिवेशन भने अझै अनिश्चित छ । महाधिवेशनको कार्यतालिकाअनुसार २७ गते गाउँरनगर अधिवेशन गर्ने भनिएको छ ।

    गाउँरनगर अधिवेशनका लागि पहिला वडा अधिवेशन अनिवार्य भएकाले २७ गते अगावै वडा अधिवेशन गर्नुपर्ने भए पनि क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकिएको २१ जिल्लामा अधिवेशन शुरु नै भएको छैन । सूची सार्वजनिक हुन नसकेका बारे जिज्ञासा राख्दा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्य छानबिन समितिले २१ जिल्लाको सूचीलाई अन्तिम रूप दिन व्यापक छलफल गरिरहेको बताउनुभयो । उहाँले अब एकरदुई दिनमा सूची सार्वजनिक हुने र जिल्लामा निर्वाचन अधिकृत पनि खटिने दाबी गर्नुभयो ।

    क्रियाशील सदस्यता विवादका कारण यसअघि सार्वजनीक गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित भएको थियो । केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा पार्टीभित्र व्यापक असन्तुष्टि बढेपछि श्रावण ३० गते सम्पन्न केन्द्रीय समिति बैठकले उक्त प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य पूरा गरी प्रतिवेदन बुझाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो ।

    सिटौला नेतृत्वको कार्यदलले १० बुँदे सुझावसहित प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएलगत्तै पटक–पटक गरी ५६ जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको थियो ।

    सिटौला कार्यदलले दिएको सुझावअनुसार नै क्रियाशील सदस्यको विवाद टुंगिने भन्दै प्रवक्ता शर्माले सबै उजुरी हेरेर निर्णय गर्नुपर्ने हुँदा अलि ढिला भएको बताउनुभएको छ । क्रियाशील सदस्यता विवादबारे सिटौला कार्यदलले दिएको सुझाव सभापति शेरबहादुर देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत ग्रहण गर्नुभएको थियो ।

    • कांग्रेस वडा अधिवेशन
    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.