• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, माघ १५, २०७९ | Sunday 29th January 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • ५ दिन अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • ५ दिन अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • ५ दिन अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • ७ दिन अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • ७ दिन अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • १ हप्ता अगाडि

गँड्यौली मल उत्पादन प्रविधी 
  • १ हप्ता अगाडि

धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
  • २ हप्ता अगाडि

धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
  • २ हप्ता अगाडि

चाडपर्व लक्षित अनुगमन आजदेखि, चिनीलगायत खाद्यवस्तुको छैन अभाव !

  •  संवाददाता
  • बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सरकारले चाडपर्वलाई लक्षित गरी आजदेखि संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । असोज एक गतेदेखि नै अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    अनुगमनमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य, खाद्य, गुणस्तरदेखि औषधि विभागका प्रतिनिधिहरू सहभागी हुनेछन् । उहाँका अनुसार अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रको अनुगमन गर्नेछ ।

    यस्तो अनुगमन प्रदेश सरकार र पालिकाले पनि गर्नेछन् । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेको छ ।

    यस्तै विभागले, नापतौल र गुणस्तरबारे हुने ठगीबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक हप्ताको सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । काठमाण्डौ महानगरपालिकाले पनि दैनिक अनुगमन गर्ने जनाएको छ ।

    अनुगमनकै लागि महानगरले विभागसँग प्रतिनिधि माग गरेको छ । विभागका प्रवक्ता शिवराज सेढाईँका अनुसार अनुगमन गर्न सामान्य प्रशासन मन्त्रालयबाट १०र१२ जना कर्मचारी थपिएका छन् । दशैँमा धेरै कारोबार हुने वस्तु, लत्ताकपडा, मसला, खाद्यन्न, मासु पसलमा अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

    अनुगमनको क्रममा मुख्यतः बिलबिजक र स्टिकरको समस्या देखिएको उहाँले बताउनुभयो । त्यस्ता व्यवसायीलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने उहाँको भनाइ छ । यसैबीच बजारमा चिनी लगायतका खाद्यवस्तुको अभाव नभएको विभागले जनाएको छ । चाडपर्व सुरु भएसँगै बजारमा चिनी लगायतका केही खाद्यवस्तुको अभाव भएको भन्ने हल्ला फैलाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

    विभागका अनुसार बजारमा तीन महिनाभन्दा धेरै अवधिलाई पुग्ने चिनीको मौज्दात छ । तीन महिनासम्मका लागि मौज्दात भएकाले आत्तिएर अहिलै सञ्चित गरेर नराख्न विभागले आग्रह गरेको छ।

    • चाडपर्व लक्षित अनुगमन
    बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
    सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
    • भर्खरै
    • चर्चित
    • १.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • २.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ३.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ४.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ५.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ६.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • ७.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • ८.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    • ९.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • १०.
      धनगढीमा भोलिदेखि दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट सुरु हुने

    • १.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • २.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ३.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.