• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, पुष २३, २०८२ | Wednesday 7th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ८ घण्टा अगाडि

शर्मा पुरस्कृत
  • ४ दिन अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ४ दिन अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ४ दिन अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • १ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • १ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • २ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ४ हप्ता अगाडि

Advertisement

धनगढीमा भारतीय माछा छ्यापछ्याप्ती, स्थानीय कृषक मारमा

  •  संवाददाता
  • शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले १० कठ्ठा जमिनलाई पोखरी बनाएर गत वर्षदेखि माछापालन व्यवसाय थालेका छन् । हाल उनको पोखरीमा उत्पादित माछा बजारको पर्खाइमा छ ।तर स्थानीय उत्पादनभन्दा भारतीय माछा बजारमा छ्यापछ्याप्ती बिक्रीवितरण हुन थालेपछि बजार पाउनै नसकिएको वडाध्यक्ष चौधरीले गुनासो गरे ।

    वडाध्यक्ष चौधरीले भने, ‘भदौ महिनामै माछा तयार छन् तर बजार पाउनै सकेका छैनौं । जुनकारण उत्पादन लागत बढेको बढ्यै छ । खुला सीमाका कारण भारतबाट हुने तस्करीको माछाले गर्दा बजार पाउनै आपत भयो ।’

    कैलालीको गोदावरी नगरपालिका–१ बिजौरामा २ विघा र धनगढी उपमहानगरपालिका–१४ ‘डी’ गाउँमा १५ बिघा गरी १७ विघा क्षेत्रफलमा माछापालन व्यवसाय गर्दै आएका कृषक रविन पन्तले भारतीय माछाका कारण माछा बेच्न नपाएको दुखेसो सुनाए ।

    स्थानीय माछा बिक्री नहुने पीडा चौधरी र पन्तको मात्रै होइन, माछापालक कृषकको साझा समस्या हो । खुलेआम भारतीय माछा भित्रिन थालेपछि स्थानीय कृषकद्वारा उत्पादित माछाले बजार पाउन नसकेको हो ।

    हाल सुदूरपश्चिमको प्रमुख व्यापारिक क्षेत्र रहेको कैलाली र कञ्चनपुरका बजारमा भारतबाट आयातित मंगुर र बैखा ९जलकपुर० प्रजातिका माछा लुकाइछिपाइ ल्याउने गरिएको किसानले बताएका छन् ।

    भारतीय माछा प्रतिकिलो २१० रुपैयाँका दरले बिक्री वितरण भइरहेको बताइएको छ । जुन माछा खानको लागि समेत अस्वस्थकर तथा अखाद्य रहेको बताइएको छ ।

    मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘फर्मालिन’ प्रयोग गरिएको माछा ल्याउने गरिएको बताइएको छ । माछा व्यवसायी पन्तले भने, ‘हाम्रो लागत उताको भन्दा केही बढी हुन आउँछ । हाम्रो उत्पादन गुणस्तरीय हुँदाहुँदै पनि हामी प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं तर प्रशासनका उच्च पदस्थ अधिकारीकै संरक्षणमा माछाको आयात भइरहेको हाम्रो आशंका हो ।’

    कैलालीमा उत्पादित २ नम्बरको माछा मानिने बैखा, मंगुर, सिल्भर, बिगहेड प्रतिकिलो २५०–३०० रुपैयाँसम्म बिक्री हुन्छ भने १ नम्बरको माछा मानिने रहु, नैनी, कमन, ग्रास, रुपचन माछा प्रतिकिलो ३०० देखि ३५० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० रामप्रसाद पाण्डेले भारतीय माछा भित्रिने गरेको सूचना नआएको बताए । किसानको गुनासो हालसम्म नआए पनि नियन्त्रणतर्फ ध्यान दिने पाण्डेको भनाइ छ ।

    बजारमा समस्या भएपछि कैलालीका माछापालक कृषकले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् तर स्थानीय उत्पादन प्रवद्र्धनमा प्रशासन पनि निरीह देखिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले किसानको दबाबपछि आफूहरूले बजार अनुगमन गरेको तर किसानले आशंका गरेको जस्तो अखाद्य माछा नभेटिएको बताए ।

    जोशीले भने, ‘हामीले माछाको गुणस्तर परीक्षण रिपोर्ट हेर्ने हो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय गड्डाचौकीको रिपोर्ट अनुसार आयातित माछामा फर्मालिनको उपस्थिति नभएको देखाउँछ तर ती माछा कहिले आयात गरिएको हो र कहिलेसम्म उपभोग गरिसक्नुपर्ने हो रु त्यसमा भने कैफियत देखाउन सकिन्छ ।’

    स्थानीय उत्पादन प्रवद्र्धन गर्न सरकारको नीति र आमउपभोक्ताको चेतनाको स्तरमा भर पर्ने सूचना अधिकारी जोशीको भनाइ छ ।

    सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रचुर सम्भावना भएको जिल्ला हो । राज्यका निकाय गम्भीर नहुँदा माछा उत्पादक किसान मारमा परेका कृषकको गुनासो छ ।

    कैलालीको भजनी नगरपालिका–९ स्थित ६० विघामा फैलिएको घोड्तालमा माछापालन व्यवसाय गर्दै आएका डेजी पाण्डेले माछापालनमा सरकारी नीति दूरदर्शी नभएको बताउँछन् । सरकारी लगानी प्रभावकारी नभएको बताउँदै उनले बजार व्यवस्थापनमा पनि राज्यका निकाय गम्भीर हुन नसकेको दुखेसो सुनाए ।

    ‘हामीसँग उत्पादन छ । बजार सम्भावना पनि छ तर खुला सीमाका कारण भारतीय उत्पादनले प्रभाव पारेको छ । भारतमा प्रतिभुरा माछा १० पैसा पर्छ तर नेपालमा प्रतिभुरा ५–१० रुपैयाँ पर्छ । आहारको कुरा गर्दा भारतमा प्रतिकिलो दाना ३०–४० रुपैयाँ पर्छ तर नेपालमा प्रतिकिलो ८०–१३५ रुपैयाँ पर्छ । १ किलो माछा उत्पादन गर्न ३०० ग्रामदेखि १ किलो ६०० ग्राम दाना चाहिन्छ । जसले गर्दा नेपालको उत्पादनभन्दा भारतीय उत्पादनको मूल्यमा करीब १०० रुपैयाँको अन्तर तथा सस्तो पर्न जान्छ ।’

    सीमा व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ तर सीमा क्षेत्रमा रहेको सशस्त्रको बीओपी, जनपदका घुमुवा प्रहरीका कारण सबैभन्दा बढी माछालगायत वस्तुको चोरीतस्करी हुने गरेको कृषक पाण्डेको दाबी छ ।

    • धनगढी
    • भारतीय माछा
    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • २.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.