विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा धनगढी सरोकारवालाहरू बिच छलफल भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मानसिक स्वास्थ्यका बारेमा सरोकारवालाहरू बिच बृहत् छलफल भएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की ,प्रादेशिक आयुर्वेद चिकित्सालय का निमित्त निर्देशक डाक्टर खगेन्द्र बम , डा गणेश खड्का ,स्वास्थ्य निर्देशनालय , कैलाली जिल्लाका स्थानियतहका स्वास्थ्य संयोजक महिला स्वास्थ्य स्वयमसेवीकाहरुको सहभागिता थियो ।
स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामीले मानसिक स्वास्थ्यको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. गणेश खड्काले पनि मन्तव्य राखेका थिए त्यस्तै टि पि ओ संस्था कमला बुढाथोकी, कोसिस संस्था बाट दिवाकरले मन्तव्य सँगै प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय हेल्थ असिस्टेन्ट मीन बहादुर धामीले गरेका थिए ।