• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, जेठ ०९, २०८० | Tuesday 23rd May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • १ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • २ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ३ महिना अगाडि

दसैंमा गाँउ फर्किँदा चर्को भाडा !

"तीन गुणा बढी भाडा असुली, सम्बन्धित निकाय मूकदर्शक "
  •  संवाददाता
  • बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलालीबाट आइतबार विहान लक्ष्मी भण्डारी बैतडी जानका लागि अत्तरिया बसपार्क पुगिन्।

    दसैँ मनाउनकै लागि तराईबाट पहाड घर गइरहेकी भण्डारी दुई नाबालकसहित गाडीको खोजीमा थिइन्। तर, दसैंको बेला भन्दै अधिकांश यातायात व्यवसायीले भने उनलाई दोब्बर भाडा लाग्ने बताइरहेका थिए।

    अत्तरियादेखि बैतडीको खोचलेक जान ८ सय भाडा दर कायम छ। तर, लक्ष्मीसँग भने यातायात व्यवसायीले २ हजार मागिरहेका थिए।

    उनले भनिन्, ‘दुई साना बच्चा साथमा छन्, त्यति धेरै पैसा पनि बोकेको छैन। पहिले त हामी ६ सयमा घरै पुग्थ्यौं। अहिले दुई हजार माग्दै छन्।’

    यस्तै, डडेल्धुराका चूडामणि भण्डारी पनि काठमाडौंबाट दसैंका लागि घर फर्किरहेका थिए। काठमाडौंबाट २२ सय भाडा तिरेर उनी अत्तरिया पुगेका थिए।

    अत्तरियादेखि डडेल्धुरा पुग्न थप दुई हजार भाडा तिर्न बाध्य भएको उनको गुनासो छ। भाडा बढी असुलेर पनि चालकले व्यवहार नराम्रो गरिरहेको उनको भनाइ छ।

    क्षमताभन्दा बढी यात्रु हाल्दा दुर्घटनाको जोखिम बढेको उनी बताउँछन्। उनी भन्छन्, ‘मनपरि ढंगले भाडा असुली गरिरहेका छन्। त्यसमाथि चालकले यात्रुसँग गर्ने व्यवहार राम्रो छैन। झन् सिट क्षमताभन्दा बढी यात्रु हाल्ने गरिरहेका छन्।’

    सम्बन्धित निकाय मूकदर्शक बनेको उनको आरोप छ।

    अहिले बस मात्र नभएर हाएस, विंगर जिपमा पनि यात्रुको चाप छ। साना गाडीले त झन् ४ गुणा बढी भाडा लिइरहेको यात्रुहरू गुनासो गर्छन्।

    तर सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा भने भाडामा एकरूपता रहेको दाबी गर्छन्।

    भाडामा कुनै तलमाथि नगरेको बताउँदै उनले तोकेकै भाडामा यात्रु बोकिरहेको दाबी गरे। केही यातायात प्रालिले बदमासी गरेको हुनसक्ने सापकोटाले बताए।

    सुदूरपश्चिमका विभिन्न जिल्ला जाने यात्रुको सहजताका लागि सवारीसाधन पर्याप्त मात्रामा व्यवस्था गरेको उनी बताउँछन्।

    चर्को भाडा असुली भइरहँदा पनि यात्रुलाई बीचमै अलपत्र पारेका घटना पनि सार्वजनिक हुन थालेका छन्।

    आइतबार मात्रै १३ जना यात्रुलाई रिभर साइड यातायातले अत्तरियामा अलपत्र छाडेको थियो।

    • चर्को भाडा
    • दसैंमा गाँउ फर्किँदा
    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.