असोज ३१,बेङ्लोर भारत
रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल भारत शाखा, बेङ्लोर को चौथो बार्षिक साधारण सभा तथा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम भारतको बेङ्लोर कागदासापुरमा आईतवार सम्पन्न भएको छ।
कार्यक्रममा सभापती प्रतिस्ठानका अध्यक्ष यज्ञराज भट्ट, प्रमुख अतिथी दुर्गा सापकोटा ,बिशिस्ट अतिथि भरत बिस्ट , गायक करन बि क लगायतका अतिथी र आगन्तुक को उपस्तिथि रहेको थियो । कार्यक्रममा बिजया दशमी को शुभकामना संगै टीका तथा जमरा पनि लगाईएको थियो। कार्यक्रममा बोल्दै दुर्गा सापकोटाले बिदेशी भुमिमा दशै मनाउदा घरको आफ्नै देशको याद आएपनि सबै आफन्त संग भेट भएर दशै मनाउदा खुसी रहेको बताईन। प्रतिस्ठानको तर्फबाट बोल्दै यज्ञराज भट्ट्ले भारतमा कामको शिलसिलामा आउनुभएका नेपालिहरुको दुख बिसाउन आफुले विभिन्न कार्यक्रम गरि खुसी दिईरहेको बताए ।
जीवन रिजालको स्वागत मन्तब्यसंगै सुरु भएको कार्यक्रमको सन्चालन सचीव बिरेन्द्र साउदले गरेका थिए।