सुदूरपश्चिम प्रदेशको कृषि विकाश निर्देशनालयले उत्कृष्ट ६ किसानलाई पुरुषकृत गरेको छ । निर्देशनालयले भीमदत्त उत्कृष्ट कृषक पुरस्कार अन्तरगत नगद २५ हजार र प्रमाणपत्र सहित कैलाली कञ्चनपुरका ६ किसानलाई सम्मान गरेको हो । पुरुष्कारबाट सम्मानित हुनेहरूमा कैलालीको गौरीगङ्गा नगरपालिका ३ का केरा व्यवसायी लक्षीराम आचार्य,टिकापुर नगरपालिका १ का पशुपालन चक्र बहादुर वटाला,र गोदावरी नगरपालिका ३ मा च्याउ खेती गरिरहेका डिल्लीराज जोशी रहेका छन् ।
यस्तै कञ्चनपुरबाट पुरुषकृत हुनेहरूमा भिमदत्त नगरपालिका १० मा केरा खेती गरिरहेका पूर्ण सिंह साउद,सोही नगरपालिका १८ मा बाख्रा पालन गरिरहेका गणेश बहादुर चन्द र शुक्लाफाँटा नगरपालिका १० मा गाई पालन गरिरहेका रमेश बहादुर धानुक रहेका छन् ।
समान ग्रहण पछि प्रतिक्रिया दिँदै कैलालीका किसान डिल्लीराज जोशीले कृषि विकाश निर्देशनालयको आर्थिक तथा प्राविधिक सहयोगले व्यवसाय अघि बढाउन सहजता मिलेको बताए । ‘हाम्रो कामको मूल्याङ्कन गरेर समान गरीएको छ । यसले हामीले अझ बढी हौसला र प्रेरणा मिलेको छ,’जोशीले भने,‘हामी कृषीक्षेत्रको विकाशका लागी सक्दो भूमिका खेल्छौँ।’
कञ्चनपुरमा व्यवसायीक रूपमा गाई पालन गरिरहेका रमेश बहादुर धानुकले कृषि विकाश निर्देशनालयबाट सहजै आवश्यक सर सल्लाह मिलिरहेको बताए । ‘सम्मानित हुँदा हामी निकै खुसी छौँ। कृषीक्षेत्रमा अझ धेरै मेहनत गर्ने इच्छा जागेको छ’,धानुकले भने,‘अनुदान दिँदा किसानलाई रकम भन्दा पनि आवश्यक सामाग्री उपकरण दिएमा कृषि क्षेत्रमा थप टेवा पुग्छ।’
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा।मदन सिंह धामीले कृषि क्षेत्रको विकासका लागी कृषकमा लगानी लगाइने बताए । ‘सुदूरपश्चिममा कृषिको अथाह सम्भावना छ । हामीले सदुपयोग गर्न सकेका छैनन् । कृषि क्रान्तिका लागी कृषकमा नै लगानी लगाउनुपर्छ हामी कृषकको हौसला बढाउने गतिविधि सञ्चालन गर्दै छौँ’,धामीले भने ।
सुदूरपश्चिम कृषि विकाश निर्देशक यज्ञराज जोशीले पहिलो चरणमा कैलाली,कञ्चनपुरका ६ किसानलाई सम्मान गरीएको भए पनि क्रमशः प्रदेशका सबै जिल्लाका किसानलाई सम्मान गरिने बताए ।
‘हामीले पहिलो पटक भीमदत्त उत्कृष्ट कृषक पुरस्कार मार्फत किसानहरूलाई सम्मान गरेका छौँ। कतिपयले जानकारी नै नपाएका हुन सक्छन्। प्रदेशका सबै जिल्लाका उत्कृष्ट कृषकहरूलाई सम्मान गरी हामी प्रदेशभरका उत्कृष्ट कृषकहरूलाई सम्मान गछौँ।’