दर्जनौ बाख्राको हुलमा भेटिन्छन् मोहन्याल गाउँपालीका ०५ पन्डौनका हरीश बोहरा । विहान देखी बेलुकी सम्म वन जंगल डाँडाकाँडामा बाख्रा चराउदै वित्छ उनको दैनिकी । उनी व्यवसायीक रुपमै बाख्रा पालनमा जमेका छन् । उनको फार्ममा २० खसी ३ वोका र १० बाख्रा छन् । उनी आफु मात्रै बाख्रा पाल्दैनन् । गाँउमाअरुले पालेका खसीबोेका तथा वाख्रा पनि खरिद गर्दछ् । उनी मात्रै मोहन्याल क्षेत्र नै बाख्रा पालनमा प्रख्यात छ ।
‘यहाँका स्थानियको मुख्य पेशा नै पशुपालन हो । त्यसमा पनि छोटो समयमा मनग्य आम्दानी हुने भएपनि धेरैले वाख्रा पाल्ने गरेका छन्,’बोहोराले भने,‘धेरैले बाख्रा फार्म नै खोलेका छन् ।दुई ⁄चार वटा बाख्रा नपाल्ने त कुनै घर छैनन् ।’
कैलालीका पहाडी क्षेत्र मोहन्याल सँगै चुरे गाँउपालीकामा पशुपालनको राम्रो सम्भवाना छ ।
‘पहाडी क्षेत्र भएकाले यहाँ चरनको कुनै समस्या छैन् । बन जंगल प्रयाप्त मात्रामा छ । बाख्रा पालनबाट स्थानियहरुले मनग्य फाइदा लिइरहेका छन् । पशुपालनमा लागेका स्थानियहरु गाँउघरमै रमाइरहेका छन् । नेपालमा काम छैन भन्नेहरु भारतका गल्लीहरुमा भौतारीरहेका छन्,‘चुरे गाँउपालीका १ किम्तोलाका गणेश बमले भने ।
कैलाली कञ्चनपुरका पहाडी भेग मात्रै हैन् । तराई क्षेत्रमा पनि बाख्रापालन व्यवसाय फस्टाउदै गएको छ । कम लगानीमा बढी आम्दानी देखे पनि यसतर्फ किसानको आकर्षण निकै बढेको छ । ‘अचेल पशुपालन गर्नेहरु धेरै छन्। लामो समय भारत तथा अन्य देश बसेर फर्र्किएकाहरु पनि बाख्रापालन तिर रमाइरहेका छन्,‘कञ्चनपुर पुर्नवासका बिर बहादुर कोइरालाले भने,’म पनि ८ बर्ष कतार बसेर आएको हुँ त्यहाबाट कमाएको रकम बचाउनै सकिन अहिले यही बाख्रापालन गरी रहेको छु । बर्षमा डेढलाख भन्दा पनि फाइदा आउछ ।’
पहाडी जिल्लामा …
सुदूरप्रदेशका अन्य ७ पहाडी जिल्लामा पनि बाख्रापालन तिव्र गतीमा बढीरहेको छ । अन्य कामभन्दा बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि भारतको मजदुरी छोडेर व्यावसायिक बाख्रापालन तर्फ लाग्नेहरुको संख्या धेरै छ । ती मध्येका एक हुन महाकाली नगरपालिका–१ श्रीबगरका मनोज बहादुर बम । तीन वर्षदेखि व्यवसाय सुरु गरेकामो यो वर्षबाट बिक्री गर्न थालेका छन । गत वर्ष ५ खसीबोका बिक्री गरेका उनले यो वर्ष ११ वटा खसी बेचेका थिए । त्यसबाट करिब एक लाख डेढ लाख आम्दानी गरीसकेका छन् ।
‘दसैंतिहार र मन्दिरमा पूजापाठ चल्ने समयमा खसीबोकाको बढी राम्रो मूल्य पाइन्छ । यो वर्ष दसैंतिहारसम्म २२ वटा जति बिक्री हुने गरी पाठापाठी तयार हुँदै छन्।’ ्कुनै रोगले नछोए यो वर्ष तीन लाख आम्दानी हुने सम्भावना छ,’बमले भने ।
पहाडी क्षेत्रमा चरन क्षेत्र घट्दै गए पनि बाख्रापालन पेसाबाट आम्दानी राम्रो हुन थालेपछि किशानहरुले व्यावसायिक रूपमा यो पेसालाई अगाडि बढाइरहेका छन् ।
१० वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका नौगाड गाउँपालिका १ इयरकोटका पदम खत्रीले अहिले आधुनिक खोर निर्माण गरी ६१ बाख्रा राखी व्यवसायलाई अगाडि बढाएका छन्। गाउँमै बाख्रा बिक्री गरी वार्षिक रूपमा दूई लाख आम्दानी गरिरहेको गरीरहेका उनले बाख्रापालन व्यवसायबाट छोराछोरीलाई धनगढीमा उच्च शिक्षा पढाइरहेका छन् ।
छैन बजारको समस्या
सुदूरपश्चिम प्रदेशका किशानहरु बजारको चिन्ताबाट पनि मुक्त छन् । दशैतिहार र पुजा आजाको समयमा माग धान्नै हम्मे हम्मे पर्छ यहाँका किशानहरुलाई । पछिल्लो समय प्रदेशमा होटेल रेष्टुरेष्टहरुको संख्या बढे सँगै उत्पादीत मासु बिक्रीगर्न समस्या नभएको किशानहरु बताउँछन् । ‘माग अनुसार अझै उत्पादन गर्न सकिएको छैन् ।डोटीको दिपालय शिलगढीका प्रभात बोगटीले भने,‘दैनिक रुपमा सयौँको संख्यामा खसीबोका काटिन्छन त्यसको अनुपातमा हामीले उत्पादन गर्न सकिरहेका छैनौँ।’
‘खशीबोकाको व्यापार सिजनमा हुन्छ ।तरकारी बेचे जस्तो दैनिक रुपमा हुँदैन हुर्काउन बढाउन हामीलाई समय लाग्छ’,चुरे ५ खाँनीडाँडाका बाख्रा व्यवसायी बिर बहादुर नेपालीले भने,‘सुदूरपश्चिममा पुजा–पाठ झन बढी भइरहन्छ त्यसका लागी बोका चाहिन्छ ।दशैँ तिहारमा त खशीबोकाको माग धान्नै मुस्कील हुन्छ । यहाँबाट हामीले ट्रकका ट्रक खसी बोका काठमाडौँ समेत पठाउछौँ हामीलाई बजारको कुनै समस्या छैन् ।
प्रोत्सानले उर्जा दिदैँ
पशुपालनमा भविष्य खोजीरहेका किशानहरुलाई सरकारी क्षेत्रबाट पनि राम्रो प्रोत्साहन मिलेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलले किशानहरुको सहजीकरणका लागी दक्षता अभिवृधीका लागी तालिम सँगै प्राविधिक सहयोग समेत गरीरहेको छ । निर्देशनालय मातहत रहेका भेटेनिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरुले किशानहरुका बाख्राहरु विरामी पर्दा सेवा प्रदान गरीरहेका छन् ।
कैलालीको बुढीतोलामा रहेको बाख्रा विकास फार्मले उन्नत जातका बाख्राका पाठाहरु उपलव्ध गराइरहेको छ भने स्थानिय पालीकाहरुका पशु शाखाहरुका गतीविधीले पनि बाख्रा पालक किशानहरुलाई सहजता भइरहेको छ ।
उत्पादन बढ्दै
सुदूरपश्चिममा खशीबोकाको उत्पादनमा पनि बृद्धी हुँदै गएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७४ ⁄०७५ मा खसिबोकाको मासु ३७८१.५८ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक बर्ष ०७९⁄८० मा यो संख्या बढेर ५२३९.२३ मेट्रिक टन पुगेको छ । २०७४ पछि क्रमश उत्पादन बढ्दै गएको छ । आर्थिक बर्ष ०७५ ⁄०७६ मा ४२४५.४२ आ.व.०७६ ⁄०७७ मा ४४०२.६७ आ.व. ०७७⁄०७८ मा ४४५१.१९ मेट्रिक टन र ०७८ ⁄०७९ मा ५२१८.४८ मेट्रिक टन मासु उत्पादन भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।