• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, असोज ०९, २०८० | Tuesday 26th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • १ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • १ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • १ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • १ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • १ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • २ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ४ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ६ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ६ दिन अगाडि

नेपाली राष्ट्रिय क्रिकेट टोली कति बलियो ?

  •  संवाददाता
  • शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ । रोहित पौडेलको कप्तानीमा रहेको  १७ सदस्यीय टोली अहिले एसिया कपका लागि पाकिस्तान पुगि पनि सकेको छ ।

     

    एसिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत र पाकिस्तान पनि छन् । एसिया कपको मुख्य प्रतिष्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने छ । नेपालले पाकिस्तानको स्थानीय  टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जनाएको छ  ।

    एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ हुनेछ ।

    नेपाली टीमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सवै भन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिले सम्म जति पनि खेलहरु नेपाली टोलीले खेलेको छ । ती सवै धेरै जसो आफ्नो वरियता स्तर भन्दा तलका टोलीहरु संग खेलेको छ । यस अघि भएको एसीसी मेन्स इर्मजिङ्ग प्रतियोगितामा पनि नेपाली टोली मात्र सिनियर टोली रहेको थियो अरु सवै जनियर टोलीसंँग मात्र नेपालले खेलेको छ ।

    May be an image of 5 people and text

    एसिया कपका प्रतिष्पर्धी हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगाननस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो ।

    अफ्गनिस्तान पनि  सरप्राइज प्याकेजको रुपमा रहेको छ । एसियन पिचमा अफ्गानी स्पीनरको जादू चलेमा विश्व क्रिकेटमा राज गरिरहेका जुनसुकै टोलीलाई हराउने  क्षमता अफगानस्थानको रहेको छ । कुनै समय नेपाली टोलीसंग हार व्यहोर्ने अफगानिस्थान अहिले विश्व क्रिकेटमा एउटा राम्रो टोलीको रुपमा विकसित भई सकेको छ । नेपाल भने अहिले पनि विभिन्न विवाद र खेल अभ्यासको कमिले जहाँको त्यही रहेको छ ।

    नेपाली टीमका खेलाडिहरुलाई सेवासुसविधा देखि लिएर खेलाडीहरुको अनुशासन र खेल अभ्यासमा कमिको कारण नेपाली क्रिकेटले अझैपनि गति लिन नसकेको हो ।

    नेपाली टीममा कुन खेलाडीको अवस्था कस्तो ? (पछिल्ला ५ खेलः एकदिवशिय तथा लिस्ट ए)

    रोहित पौडेल (कप्तान)

    नेपाली टीमका कप्तान रोहित पौडेलले २०१८ अगस्ट ३ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका हुन । उनले हाल सम्म ५२ एकदिवशीय खेल खेलेका छन् । उनले १ हजार ४ सय ६९ रन बनाएका छन् भने उनको औसत लगभग ३२ रहेको छ उनले १ शतक र ८ अर्धशतक लगाएका छन् भने उनको अधिकतम स्कोर १२६ हो । उनले अन्तिम ५ खेलमा २२ को औसतमा एक सय ११ रन मात्र बनाएका छन् उनको उच्चतम स्कोर ६५ मात्र रहेको छ ।  उनी अहिले त्यति राम्रो लयमा छैनन् ।

    अरिफ शेख

    व्याट्सम्यान अरिफ शेख २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हालसम्म नेपालको लागि ४७ वटा एकदिवशीय खेल खेलेका छन् । उनले २५ को औसतमा ८ सय ७८ रन बनाएका छन् उनको उच्चतम स्कोर ६६ हो भने उनले ६ वटा अर्धशतक लगाएका छन् । उनले अन्तिम ५ खेलमा २० को औसतले ८० रन बनाएका छन् उनको उच्चतम स्कोर ६३ रहेको छ । यो आंकडाले उनी पनि नेपाली टोलीमा र्फममा नभएका खेलाडीको रुपमा लिन सकिन्छ ।

    आसिफ शेख (विकेटकिपर)

    May be an image of 1 person and text that says 'KELME'

    आसिफ शेखले २०२१ सेक्टेम्बर ७ मा पपुवान्युगिनी विरुद्ध नेपालका लागि डेव्यु गरेका थिए । उनले हालसम्म नेपालको लागि ४१ खेलमा १ हजार १ सय ८७ रन बनाएका छन् । उनले ३१ को औसतमा १ शतक र ९ अर्धशतक बनाएका छन् भने उनको उच्चतम स्कोर ११० हो । उनले पछिल्ला ५ खेलमा १२ को औसतले ५९ रन मात्र बनाएका छन् भने उनले कुनै पनि स्ट्यम्पिङ गरेका छैनन २ वटा क्याच गरेका छन् । यसरी उनका पछिल्लो प्रदर्शन हेर्नेहो भने टीममा पर्न लायक छैनन् ।

    दिपेन्द्र सिंह ऐरी

    व्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ५० वटा एकदिवशीय खेल खेलेका छन् । उनले १९ को औसतमा ८ सय ५७ रन बनाएका छन् । उनको अधिकतम स्कोर १०५ हो भने उनले १ शतक र ३ अर्धशतक बनाएका छन् ।  उनले वलिङ तर्फ ३६ विकेट लिएका छन् भने उनको वेस्ट फिगर ३÷१८ हो । उनीले पछिल्ला ५ खेलमा ४८ को औसतमा १४५ रन बनाएका छन् भने ४ विकेट लिएका छन् । उनको सर्वाधिक स्कोर ७९ नटआउट रहेको छ । उनको अहिलेको प्रदर्शन भने सन्तोषजनक रहेको छ । उनी राम्रो लयमा रहेका खेलाडी हुन ।

    कुशल भुर्तेल

    व्याट्सम्यान कुशल भुर्तेलले २०२१ सेक्टेम्बर ७ मा पपुवान्युगिनी विरुद्ध नेपालका लागि डेव्यु गरेका हुन । उनले नेपालका लगि ४४ खेल खेलेका छन् । उनले २३ को औसतमा ९ सय ८६ रन बनाएका छन् उनको नामा १ शतक र ६ अर्धशतक रहेको छ भने उनको उच्चतम स्कोर ११५ हो । उनले वलिङ तर्फ ४ विकेट लिएका छन् । उनको पछिल्ला ५ खेलमा २३ को औसतमा ११५ रन बनाएका छन् भने ६ विकेट लिएका छन् । पछिल्लो समयमा उनको प्रदर्शन मध्यम रहेको छ ।

    अर्जुन साउद (विकेटकिपर)

    विकेटकिपर व्याट्सम्यान अर्जुन साउद २०२२ नोवेम्बर १४मा युएई विरुद्धको खेलमा नेपालका लागि डेव्यु गरेका हुन । उनी व्याकअप विकेटकिपरको रुपमा नेपाली टीममा समावेश भएका छन् । उनले नेपालका लागि ९ खेलमा १९ को औसतमा १७४ रन बनाएका छन् । उनको नाममा १ अर्धशतक रहेको छ । उनको पछिल्ला ५ खेलमा १६ को औसतमा ६६ रन बनाएका छन् । उनले ३ स्ट्याम्पीङ र ४ क्याच लिएका छन् ।

    भीम सार्की

    व्याट्सम्यान भीम सार्कीले २०२२ मार्च २२ मा पपुवान्युगिनी विरुद्धको खेलमा नेपालका लागि डेव्यु गरेका हुन । उनले १९ खेलमा ३५ को औसतमा ४५२ रन बनाएका छन् । उनले ३ अर्धशतक बनाएका छन् भने उनको सर्वाधिक स्कोर ७७ हो । पछिल्ला ५ खेलमा उनले ९ को औसतमा ४७ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर २२ रन रहेको छ । पछिल्लो स्कोरकार्ड हेर्दा उनी टिममा पर्न लायक देखिदैनन् ।

    करण केसी

    टिममा अलराउण्डरको रुपमा रहेका फास्ट वलर करण केसीले २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ४६ वटा एकदिवशीय खेल खेलेका छन् । उनले नेपालको लागि ७७ विकेट निकालेका छन् भने उनको वेस्ट फिगर ५÷३३ हो । उनले ३ पटक ५ विकेट निकालेका छन् भने ५ पटक ४ विकेट निकालेका छन् । उनले व्याटिङ तर्फ १४ को औसतमा ३४९ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ४२ रन रहेको छ  ।  पछिल्ला ५ खेलमा उनले १२ विकेट निकालेका छन् भने उनको ४÷३३ वेस्ट फिगर हो । व्याटिङमा उनले ११ को औसतमा ३३ रन बनाएका छन् । पछिल्लो समय उनको प्रदर्शन राम्रो रहेको छ ।

    कुशल मल्ल

    व्याटिङ अलराउण्डर कुशल मल्लले २०२० फेवेवरी ८ मा युएई विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन । उनले नेपालका लागि २७ खेलमा २७ को औसतमा ६ सय २६ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर १०८ हो भने उनले १ शतक र ४ अर्धशतक बनाएका छन् । उनले वलिङ तर्फ १८ विकेट लिएका छन् उनको वेस्ट फिगर २/६ रहेको छ । उनले पछिल्ला ५ खेलमा १९ को औसतमा ७५ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ४४ हो । उनले २ विकेट पनि निकालेका छन् । उनको पछिल्लो समय मध्यम प्रदर्शन रहेको छ ।

     

    प्रतिश जिसी

    वलिङ अलराउण्डर प्रतिश जिसीले २०२३ फेवेवरी २७ मा पवुवान्युगिनी विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन । उनले २ विकेट लिएका छन् भने ११ रन बनाएका छन् । उनको अहिलेको प्रर्दशन हेर्दा पनि ५ खेलमा २ विकेट लिएर ११ को औतमा ३४ रन बनाएका छन् । उनी वलिङ व्याटिङ दुवैमा चलेका छैनन उनलाई टीममा लिनुमा उनको प्रदर्शनलाई हेरिएको छैन ।

    सोमपाल कामी

    फास्ट वलिङ अलराउण्डर सोमपाल कामीले २०१८ अगस्ट १ मा नेदरल्याण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ४७ वटा एकदिवशीय खेल खेलेका छन् । उनले अहिलेसम्म नेपालका लागि ६३ विकेट लिएका छन् उनको वेस्ट फिगर ५÷३३ हो । उनले एक पटक ५ विकेट र एक पटक ४ विकेट लिएका छन् । व्याटिङ तर्फ उनले २१ को औसतमा ४ सय ७८ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ६३ रन हो । उनको नाममा २ वटा अर्धशतक रहेको छ । पछिल्ला ५ खेलमा उनले ७ विकेट लिएका छन् भने वेस्ट फिगर ५÷५७ रहेको छ । उनले ३६ को औसतमा १०८ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ७५ रहेको छ । नेपालका लागि उनी महत्वपूर्ण खेलाडी हुन ।

    गुल्सन झा

    मिडियम पेस वलर गुल्सन झाले २०२१ सेक्टेम्बर १७ मा युएसए विरुद्धको खेलमा नेपाली टोलीमा डेव्यु गरेका हुन । उनले नेपालको लागि २२ खेलमा २१ विकेट लिएका छन् । उनको वेस्ट फिगर ३÷२८ हो । उनले व्याटिङमा पनि राम्रो योगदान गरेका छन् उनले ३५ को औसतमा ४५२ रन बनाएका छन् भने उनको सर्वाधिक स्कोर ६७ हो । उनले ३ वटा अर्धशतक पनि वनाएका छन् । उनले पछिल्ला ५ खेलमा २ विकेट मात्र लिएका छन् भने व्याटिङमा ३३ को औसतमा १३१ रन बनाएका छन् ।

    सन्दीप लामिछाने

    नेपालका मेन वलरको रुपमा रहेका स्पीनर सन्दीप लामिछाने नेपालका धेरै अनुभवी वलर हुन । उनले २०१८ अगस्ट १ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ४९ वटा एकदिवशीय खेलमा १११ विकेट लिएका छन् । उनको वेस्ट फिगर ६/११ हो । उनले ३ पटक ५ विकेट र ८ पटक ४ विकेट लिएका छन् ।

    उनले व्याटिङमा १५ को औसतमा ३ सय ६७ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ३५ रन हो । उनले पछिल्ला ५ वटा एक दिवशीय खेलमा ६ विकेट लिएका छन् । व्याटिङमा २४ को औसतमा ७३ रन बनाएका छन् । सन्दीप प्रतियोगिता अगाडि पाकिस्तान जाने बुझिएको छ ।

    ललित राजवंशी

    वलर ललित राजवंशीले २०१९ जनवारी २५ मा युएई विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन । उनले नेपालका लागि २१ खेलमा २८ विकेट लिएका छन् । उनको वेस्ट फिगर ५÷२० हो । उनले १ पटक ५ विकेट लिएका छन् भने २ पटक ४ विकेट लिएका छन् । उनले पछिल्ला ५ खेलमा ६ विकेट लिएका छन् । उनको पछिल्लो समय प्रदर्शन त्यति उत्कृष्ट रहेको छैन ।

    सन्दीप जोरा

    व्याटर सन्दीप जोराले नेपालका लागि ५ खेलमा ११ को औसतमा ५६ रन बनाएका छन् उनको सर्वाधिक स्कोर २८ रहेको छ ।

    किशोर महतो

    किशोर महतोले पनि नेपालका लागि २ वटा खेल खेलेका छन् उनले २ खेलमा नट आउट १ रन र २ विकेट लिएका छन् ।

    मौसम ढकाल ( श्याम  ) 

    स्पीन वलर मौसम ढकालले राष्ट्रिय टोलीबाट डेव्यु गरेका छैनन् । उनले एकमात्र लिस्ट ए खेल युएई विरुद्ध खेलेका छन् । उनले सो खेलमा २ विकेट लिएर ४४ रन दिएका थिए । उनलाई सन्दीप लामिछानेको विकल्पमा टीममा समावेस गरिएको थियो।

    टोलीमा परेका खेलाडीहरुको प्रोफाइल अध्ययन गर्दा धेरै खेलाडीहरु ‘आउट अफ फर्म’ रहेका छन् । लगातार टोलीमा पर्दा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् त्यसैले उनीहरु धेरैका लागि यो एसिया कप नै अन्तिम मौका हुन सक्छ ।

    नेपाली टिम

    रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, मौसम ढकाल ( श्याम )

    –विनय तिम्सीना / नेपाल न्यूज बैंक 

    शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ३.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • ६.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ७.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ८.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ९.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • १०.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.