धनगढी,१ असोज –
धनगढी उप-महानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूको दाहसंस्कारका लागि प्रति व्यक्ति ५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।
उप-महानगरपालिकाको ९ ओँ स्थापना दिवसको अवसरमा आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका हकमा यस्तो निर्णय गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।
स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा बोल्दै नगर प्रमुख हमालले परिवारका सदस्य गुमाउँदा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई दाहसंस्कार खर्च लिन नगर प्रहरीलाई सम्पर्क गरे नगरपालिकाका प्रतिनिधि हरुले घरमै रकम लगेर दिने बताए ।