• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

सुदूरपश्चिममा भूकम्प : घर-भवन भत्किदा सात जना घाइते

  •  संवाददाता
  • मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङ केन्द्रबिन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जानकारी दिए। उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । पाण्डेका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था समान्य रहेको छ ।

    उनले भने, ‘बझाङ सदरमुकाम र आसपासमा केही घर चर्किएको र अन्य कतिपय घर भत्किएको जानकारी आएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’ सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एक घर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ ।

    भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुङ्गा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए। उनले भने, ‘घाइतेको अवस्था समान्य छ, मानवीय थप क्षति भएको जानकारी आइसकेको छैन ।’

    प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताए । डोटीमा पनि केही घर चर्किएका छन् । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पटकपटक परकम्प गएको छ । धनगढीमा पनि भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निस्किएका थिए ।

    धनगढी उपमहानगरपालिकाको स्थानीय आपतकालीन सञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रले चैनपुर केन्द्रबिन्दु भएर छ दशमलव तीन र तलकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.