कञ्चनपुरमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ की युवतीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बेलौरी नगरपालीका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए । हत्याान संलग्न भनिएका लालझाडीका ३० वर्षीय राजकुमार राना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भदौ ३० गते बिहान आईबीआरडी बजारदेखि घरतर्फ जाने सडकमा वेवारिसे अवस्थामा मृत भेटिएकी यवतीको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ र
२९ भदौको साँझ मामाघर जान्छु भनेर घरबाट निस्किएकी युवती भोलिपल्ट आईबीआरडी बजारदेखि ९घ० गाउँतर्फ जाने सडकमा मृत अवस्थामा भेटिएकी थिइन् ।
शव परीक्षणका क्रममा टाउको, दाहिने कान लगायत शरीरमा चोट देखिएपछि प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान थालेको थियो ।