• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, साउन २९, २०७९ | Sunday 14th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • १ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • १ दिन अगाडि

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • २ दिन अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • २ दिन अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ४ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ६ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ६ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ६ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ६ दिन अगाडि

Advertisement

संघर्ष र पतिको साथले सफल भएकी सहायक सीडीओ किरण

  •  संवाददाता
  • आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-‘जीवन नै संघर्ष हो नि ! संघर्ष कहाँ छैन र रु बाँच्नको लागि त सघर्ष जहिल्यै गरिरहनुपर्छ । पाकेको खाना खान पनि हातमुख चलाउनुपर्छ,’ सुदूरपश्चिमकै पहिलो महिला सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) बन्न सफल भएकी किरण जोशीले भनिन्, ‘कुनै पनि काम गर्दा संघर्षदेखि डराउनु हुँदैन । जति संघर्ष गर्‍यो, त्यति सफलता पाइन्छ । एकचोटि असफलता भयो भन्दैमा हामीले हरेस खायौं भने कहिल्यै अगाडि बढ्न सक्दैनौं ।’

    सुदूरपश्चिममा जन्मिएर खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा पास हुने पहिलो महिला हुन् किरण । गृह मन्त्रालयले डोटी जिल्लाको सहायक सीडीओका रूपमा पदस्थापन गरेपछि सोमवारबाट डोटी जिल्ला प्रशासन कार्यालयमा उनी हाजिर भएकी छन् ।

    पुर्ख्यौली घर बैतडी भएकी किरण कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा जन्मेकी हुन् । स्थानीय स्कूलबाटै प्रारम्भिक शिक्षा लिँदा उनी स्कूलमा प्रायः प्रथम, द्वितीय र तृतीय भइरहन्थिन् । कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातक (बीकम) गरेपछि उनलाई शिक्षिका बन्ने रहर जाग्यो । उनले प्राथमिक तहमा नाम पनि निकालिन् ।

    २०५२ सालबाट अध्यापन पेशामा संलग्न उनको २०५४ सालमा कैलालीको गोदावरी नगरपालिका–६ का सिद्धराज जोशीसँग बिहे भयो । पारिवारिक जिम्मेवारीमा बाँधिएपछि किरणलाई शिक्षिकाको जिम्मेवारी बहन गर्न समस्या हुन थाल्यो । काखमा सन्तान र घरको जिम्मेवारी पनि बढेपछि उनले विद्यालयको जागिर छोडिन् । किरणका १ छोरा र १ छोरी छन् । भएको जागिर छोडेपछि गृहिणी जस्तै भएकी किरण पतिको प्रेरणाले निजामती सेवामा प्रवेश गरिन् ।

    पतिपत्नी नै उपसचिव

    पहिलो पटक निजामती सेवा प्रवेशका लागि उनले खरिदारको परीक्षा दिइन् तर सफलता मिल्न सकेन । ‘पहिलो गाँसकै ढुंगा लाग्यो,’ उनले भनिन्, ‘तर मैले हरेस खाइनँ, श्रीमानको प्रेरणाले फेरि प्रयास गरें र सफल भएँ । परिवारको साथले २०६१ सालमा खरिदार पदमा नियुक्ति हुने अवसर पाएँ ।’

    खरिदार भएको १ वर्ष नहुँदा उनले नायव सुब्बामा नाम निकालिन् । ‘२०६७ सालमा सेक्सन अफिसर (शाखा अधिकृत) पास गरेकी थिएँ । त्यतिखेर पनि धेरै ठाउँमा नाम निकालें । खुला प्रतिस्पर्धाबाट नै म २०७७ माघ १४ गते उपसचिव पदमा नियुक्त भएँ ।’

    किरणका पति पनि निजामती सेवा अन्तर्गत उपसचिव पदमा कार्यरत छन् । ‘मेरो श्रीमानको हौसला र प्रेरणाले म यहाँसम्म पुगेकी हुँ,’ उनले भनिन्, ‘उहाँले सधैं सकारात्मक सोच राख्नुहुन्छ । घरपरिवारको साथ नभएको भए म पनि अहिले गृहिणी महिलाको भूमिकामा हुन्थें । परिवारको सहयोगले नै अहिले म यो स्थानमा छु ।’

    यसकारण सुदूरपश्चिम नै रोजे …

    शाखा अधिकृतसम्म सुदूरपश्चिम प्रदेशका २–३ महिलाले नाम निकालिसकेपनि प्रशासन उपसचिवमा कोही नहुँदा दुःख लाग्ने गरेको उनले बताइन् ।

    ‘प्राविधिकतर्फ माथिल्लो तहमा पनि यहाँका महिलाहरू हुनुहुन्छ तर प्रशासनतर्फ यहाँको दिदीबहिनीहरू नहुँदा साह्रै नराम्रो लाग्यो । सुदूरपश्चिमी चेलीहरू पनि यहाँ पुग्नुपर्छ भन्ने सोचेर मैले तयारी गर्दै गएँ र सफल भएँ,’ उनले भनिन्, ‘आफ्नै प्रदेशमा सेवा गर्न पाऊँ भनेर मैले आफैंले डोटी रोजेकी हुँ । मलाई अवसर त काठमाडौंमै बस्ने पनि थियो । तर यहाँको महिलाहरूलाई हौसला र प्रेरणा दिन म यहाँ आएँ ।’

    किरणले पतिसँग मिलेर लोक सेवा तयारी किताबहरू पनि सार्वजनिक गरेकी छन् । ‘सुदूरपश्चिमबाट निजामती सेवामा महिला संख्या निकै न्यून छ,’ जोशीले भनिन्, ‘लोक सेवाको तयारीका लागि सहयोग होस् भनेर हामीले पनि खरिदारदेखि उपसचिव, सहसचिवसम्मको गाइडको रूपमा पुस्तक पनि निकालेका छौं, त्यसले पनि सहयोग हुनेछ ।’

    ‘पढाइ नछोडौं, निरन्तर संघर्ष गरौं ’

    महिला र पुरुष बीचको विभेदका कारण नै सुदूरपश्चिमका महिलाहरू पछाडि परेको जोशीको बुझाइ छ । ‘मेरो घरमा छोराछोरी बीचको विभेद नभएका कारण नै मैले सफलता पाएकी हुँ,’ उनले भनिन्, ‘पहिलो कुरा पढाइ हो, त्यसपछि संघर्ष हो । हामी छोरी मान्छेका घर २ वटा हुन्छन् । त्यहाँको अवस्था सकारात्मक छ भने हामी महिलाले गर्न नसक्ने केही छैन ।’

    राज्यले समावेशीकरणमार्फत महिलाको कोटा र पिछडिएको क्षेत्र छुट्याएकाले त्यहाँबाट अवसर खोज्नुपर्ने उनले बताइन् । ‘यसका लागि हामीले पढ्नैपर्छ,’ उनले भनिन् ।

    सुदूरपश्चिमका महिलाले निजामती सेवामा आउनुपर्ने जोशीले बताइन् । ‘म त धेरै ढिला भएर पनि सुदूरपश्चिमको खुला तर्फको पहिलो उपसचिव महिला बनें । तर तपाईंहरू छिटो आउनुहोस्,’ उनले भनिन्, ‘मभन्दा १० वर्ष कान्छाहरू छन् मसँगै निजामतीमा आएकाहरू, मैले कति धेरै संघर्ष गर्नुपर्‍यो तर पनि ढिला भएँ, तपाईंहरू चाँडै आउनुहोस् ।’

    • संघर्ष
    • सफलता
    आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
    जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • २.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • ३.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ४.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ५.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ८.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ९.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • १०.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • १.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ६.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ७.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ८.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      कैलालीमा एक पुरुष मृत फेला

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.