कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घोडाघोडी नगरपालिका-१० को तुलसीपुर सामुदायिक वनमा सोही ठाउँको पहलमानपुर बस्ने ४० वर्षीय धनबहादुर शाहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो तर चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् ।
करेन्ट लागेर मोहन्याल गाउँपालिका-३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन् । खत्रीलाई थपउपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
करेन्ट के कति कारणले लागेको हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ ।