विश्वमा कोरोनाको प्रकोपले मानिसहरु पिडित भैरहेका छन। सम्पूर्ण विश्वनै यसको विरुध्द जुटिरहेको छ। तर भारतका केही ठाँउमा अझै अन्धविश्वासलाई जोड दिने गरिएको पाईएको छ।
भारतमा कोरोनाको प्रकोप बढदै गएपछि हिन्दु पुजारीहरुले मन्दिरहरुमा पुजा जारी राखेका छन। भारतको तमिलनाडुमा पुजारीहरुले मन्दिरमा कोरोना देविको प्रतिक स्थापना गरी पुजापाठ गरिरहेका छन। पुजारीहरुले कोरानाको संक्रमण कम होओस भनि आफूहरुले पुजापाठ निरन्तर जारी राखेको जानकारी दिएका छन।