बैतडीमा महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका १ कुँडका १७ बर्षीय महेश साउँदको नुहाउने क्रममा महाकाली नदिमा डुबेर मृत्यु भएको हो ।
स्थानीय ६० बर्षीय घनबहादुर साउँदको मलामी गएका महेश नुहाउने क्रममा मंगलबार बिहान साढे ११ बजेतिर डिम्बर घाटबाट बेपत्ता भएका थिए ।
स्थानिय र प्रहरीको टोलीले डिम्बर घाट नजिकै मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।