• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

सहज बन्दै कोरोना उपचार,टीकापुरमा अक्सिजन र एचडीयू व्यवस्थापन

  •  संवाददाता
  • आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टीकापुर अस्पतालमा कोरोना संक्रमित बिरामी निको हुने दर बढेको छ । अस्पतालमा उच्च उपचार कक्ष (एचडीयू) को व्यवस्थापन र अक्सिजन आपूर्ति सहज भएपछि बिरामीको ज्यान जोगिन थालेको हो ।

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रेमकुमार राईले अस्पतालको टिमले संक्रमितको उपचारमा राम्रो भूमिका गरेको र स्थानीयस्तरबाट पनि अक्सिजनको व्यवस्थापनमा सहयोग भएपछि मृत्युदर कम हुँदै गएको बताए । ‘गम्भीर अवस्थामा बिरामीलाई एचडीयूमा, सामान्यलाई जनरल वार्डमा र कतिपयलाई अब्जरभेसनमा राखेर उपचार थाल्यौं,’ उनले भने, ‘सबैको सहयोगले संक्रमित बिरामी मर्ने संख्यामा कमी आएको छ ।’

    संक्रमितको संख्यामा भने अझै कमी नआएको डा.राईले बताए । उनले भने, ‘सामान्य अवस्थाका बिरामी अस्पताल आएका छैनन् । घरमा थेग्न नसक्नेहरू अस्पताल आइरहेका छन् ।’ उनका अनुसार एकै दिन धेरैको संख्यामा मृत्यु भइरहेको थियो । वैशाख २६ गते ६ जना र वैशाख २७ गते ८ जनाको मृत्यु भएको थियो । ‘आंशिक रूपमा भए पनि हामीले भेन्टिलेटर सञ्चालनमा ल्यायौं । अहिले मृत्युदर कम भएको छ,’ डा। राईले भने । आइतबार र सोमबार अस्पतालमा एक, एक जना संक्रमितको मृत्यु भएको छ ।

    केही दिनअघि अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या र मृत्यु हुने क्रम निकै बढी थियो । बिरामीको अस्पतालको बरन्डामा राखेरसमेत उपचार भइरहेको थियो । ‘स्थिति नियन्त्रणभन्दा करिब बाहिर गइसकेको अवस्था थियो । सीमित स्वास्थ्यकर्मीले धान्न मुस्किल भइरहेको थियो,’ डा। राईले भने, ‘त्यसैमाथि अक्सिजनको चरम अभाव भइदियो । तर स्थिति अहिले नियन्त्रणतर्फ अघि बढेको छ । अस्पताल टिमको हिम्मतले काम भइरहेको छ ।’

    टीकापुर अस्पतालमा सोमबारको कोरोना संक्रमित तथ्यांकअनुसार एचडीयूमा १२ जना, जनरल वार्डमा १६ जना र अब्जरभेसनमा १३ जना बिरामी उपचाररत रहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना छ । अस्पतालमा उपचाररत निको भएर डिस्चार्ज ६५ जना भएका छन् । पछिल्लो २४ घण्टामा निको भएर ६ जना डिस्चार्ज भएका अस्पतालले जनाएको छ । हालसम्म अस्पतालमा संक्रमित ३४ जनाको ज्यान गएको छ । – कान्तिपुर (गणेश चौधरी)

    • अक्सिजन
    • कोरोना उपचार
    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.