धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार २ सय ८१ स्वाब परीक्षण गर्दा ३८ जनाको पोजेटिभ र २ सय ४३ जनाको रिपोट नेगेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६ जना घर फकिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
गत २४ घण्टाको अवधिमा १० जना अस्पताल भर्ना भएका छन् । उपचाररत सङ्क्रमित कसैको सोमवार ज्यान गएको छैन । ५१ सङ्क्रमित अस्पतालमा उपचाररत छन् ।