• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

नयाँ पार्टी खोल्ने कि ओलीसँग एकता गर्ने ? दोधारमा माधव समुह

  •  संवाददाता
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका नेता माधवकुमार नेपाल दोधारमा परेका छन्।

    आफ्नै समूहमा दुईथरी मत देखिएपछि नेता नेपाल अब राजनीति कुन बाटोबाट अघि बढाउने भन्ने विषयमा दोधारमा परेका हुन्।

    एउटा पक्ष अन्तिम क्षणसम्म पनि पार्टी एकता प्रयास गर्ने भन्दै अध्यक्ष ओली पक्षसँग वार्ता गरिरहेको छ भने अर्का पक्षले अब ओलीको पछाडि लागेर हुँदैन नयाँ पार्टी खोल्नुपर्छ भनेर जोड दिइरहेको छ।

    यसैकारण माधव नेपाल भन्न थालेका छन्, ‘नयाँ दल निर्माण र केपी ओली पक्षसँग वार्ता सँगसँगै अगाडि बढाउनुपर्छ।’

    आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा उनले ओली पक्षसँग जारी वार्ता आफूसँग परामर्श गरेरै भइरहेको बताएका हुन्।

    केही दिनयता नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट ओली पक्षसँग वार्तामा रहेको खबर सार्वजनिक भएको छ।

    यो वार्ता नेता नेपालको इच्छाविपरीत भइरहेको भन्ने चर्चा भएपछि उनले भर्चुअल बैठकमा आफैसँगको सल्लाहमा त्यो भएको दाबी गरेका हुन्।

    ‘वार्ता र छलफलमा जानु भएका साथीहरूले जानु भन्दाअघि नै मसँग परामर्श र छलफल गर्नुभएको छ। बाहिर आएको जस्तो कुरा होइन। एकल बसे पनि सामूहिक बसे पनि मेरो नोटिसमै भइरहेको हो,’ नेपाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘तर वार्ताका नाममा हाम्रो वैकल्पिक पार्टी निर्माण गर्ने विषयलाई अलमल्याउने खोजेको हो कि भनेर हामी चनाखो बन्नुपर्छ। अहिले वार्ता र वैकल्पिक राजनीतिक दल बनाउने विषय सँगसँगै जान्छ।’

    भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले वार्ताका नाममा ओली पक्षले नयाँ दल बन्नबाट रोक्ने रणनीति लिएको हुन सक्ने भन्दै नेपाललाई सचेत गराएका थिए।

    छलफलमा नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने पनि जानकारी गराएका छन्। ओलीका गतिविधि पार्टीको मात्रै विषय नभएको भन्दै नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका हुन्।

    ‘ओलीले जे गरेका छन्। त्यो पार्टीको मात्रै विषय होइन। यो देश र संविधान रक्षाको कुरा हो। यो विषय आफ्नो प्रक्रियामा अघि बढिरहन्छ,’ नेता नेपालले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद् विघटनविरुद्ध अदालतमा परेको रिट फिर्ता हुँदैन।’

    नेता नेपालसहित एमालेका २३ जना सांसदले प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको संसद् विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका सांसदसँग मिलेर अदालतमा मुद्दा दायर गरेका छन्।

    बिहीबार र शुक्रबार दुई दिन भएको छलफलमा सहभागी भएका केन्द्रीय सदस्यहरुले २०७५ जेठ २ गतेको संगठन ब्युँताउने विषयमा सहमति गरेर मात्रै एकता हुन नसक्ने बताएका थिए।

    उनीहरूले ओलीले प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेको एक नेताले बताए।

    • ओली
    • नयाँ पार्टी
    • माधव
    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.