आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफलको लागि मस्यौदा तयारी गर्न नसक्दा सुदूरपश्चिम प्रदेश सभामा आइतबारदेखि सुरु हुने भनिएको प्रि बजेट छलफल सोमबारको लागि सारिएको छ ।
मन्त्रालयले तयारी नपुगेको भन्दै बैठक सार्न अनुरोध गरेपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रि बजेट कार्यक्रम, सिद्धान्त र प्राथमिकता सम्बन्धी दस्ताबेजको तयारी गरिरहेको छ ।