धनगढीमा गरीएको कोरोना परीक्षणमा सोमबार एक सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दुई सय ७९ नमूना परीक्षण गर्दा एक सय ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढीका ६९ जना, धनगढीबाहेक कैलालीका ४९ जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको छ। हाल अस्पतालमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ७ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।