तिम्रो र मेरो भौतिक दुरी बढ्दै छ ।
दुरी जति बढे पनि हाम्रा ति सपना मर्न नदिनु ।
समय अलि फरक भएको छ , दुरीले निकट हुँदा देखेका सपना ।।
दुरी बढ्दा मर्ने छैनन् ।
मुसुक्क हासीराख्ने तिम्रो त्यो बानी मेरा लागी सधैँ रहिरहने छ प्रिय ।
तिम्रो साथले पाएका सफलताका सिडी अझै उक्लिन बाँकी नै छन् ।
ति सिडी उक्लिनलाई तिम्रो साथको खाँचो रहने छ ।
आसा छ मबाट जति कोष टाढा भए नि हामीले देखेका सपना पुरा गर्ने छौँ ।
एक दिन अवश्य फेरि एकै छाना मुनी सपनाका दुनियाँ साकार पार्नेछौँ ।
बस सपना टुट्न नदिनु प्रिय ।