हुम्लाको चंखेली गाउँपालिका वडा नम्वर २ को दार्मामा जेष्ठ २६ गते बुधबार १० वर्षिय बालिका बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गर्ने अरु कोही नभएर तिनै बालीकाका आफ्नै दाई थिए । चंखेली गाउपालिका २ दार्माको बालज्योती आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आएकी बहिनीलाई कापी कलम दिने प्रलोभनमा पारी आफ्नो घरमा बोलाएर घरमा कोही नभएको समयमा दाईले आफूमाथि करणी गरेको उनले आरोप लगाएकी छन्। आफ्नै १३ दिने खलककी बहिनीलाई बलत्कार गरेका अन्दाजी १५ बर्षका किशोर अहिले फरार छन् । उनी २६ गतेबाटै फरार भएको र अहिले उनको खोजीकार्य भई रहेको प्रहरीले बताएको छ ।
बुधबार आफ्नै दाजुबाट बलात्कृत भएकी बालिका आमासहित ३ दिन पैदल हिडेर शनिबार जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिन पुगेकी छन् ।
बलात्कार आरोप लागेका किशोर भने महादेव माध्यमिक विद्यालय दार्मामा कक्षा ९ मा अध्ययनरत अन्दाजी १५ वर्षका रहेका छन् ।